
पोखरा, २९ असोज/ मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । त्यसको अनुभव पोखरामा पनि भएको छ ।
असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान पोखरेलीले चिसो महसुस गरेका छन् ।
पोखरामा सोमबार राति न्युतम तापक्रमम २० डिग्रिमा झरेको छ । त्यसै गरी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम छ ।
महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सियस र सोमबार १६ डिग्रिसेल्सियस थियो । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको बताए ।
मौषम परिर्वतन हुदाँ मानिसहरु विरामी पर्ने सक्ने भन्दै सर्तक रहन चिकित्सकको सल्लाह छ । चिसो बढ्दा वृद्धवृद्धा र बच्चालाई छिटो चिसोले आक्रमर्ण गर्ने हुदाँ सर्तक रहनु पर्ने गण्डकी अस्पतालका बरिष्ट बालरोग विशेषज्ञ डा यज्ञराज सिग्देलले बताए । उनले यो बालबालिकामा रुखा, खोकी, ज्योरो आउन सक्ने बताए । त्यसका लागि बालबालिकालाई न्यानो पारेर राख्नु नै उत्तम उपाए भएको बताए ।





