स्वास्थ्य

गण्डकी सरकारले क्यान्सर रोगीलाई थप एक लाख रुपैयाँ सहयोग गर्ने

पोखरा, १३ भदौ/ गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ । प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको जनाएको छ । ती अस्पतालहरूमा उपचार गराउने बिरामीहरूले सहायता प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा रमेशकुमार केसीले जानकारी दिए । प्रदेश सरकारले वीर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन… पुरा पढौ

कोरोना सङ्क्रमणले पोखरामा एक जनाको मृत्यु

कोरोना
पोखरा, ५ साउन/ पोखरामा कोरोना सङ्क्रमणबाट १ महिलाको मृत्यु भएको छ । ७४ वर्षको महिला उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले जानकारी दिए । ८ दिन अघि कोरोना डिकेक्ट भएको र आइतबार मृत्यु भएको उनले बताए । उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । ‘अरू बिरामी पनि थिए भन्ने छ । कोरोना पनि एसोसियट हुन आयो,’ खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन् । तर… पुरा पढौ

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा
पोखरा, १६ असार/ कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गर्नुभयो। मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने भन्दै, प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी दिनुभयो। उहाँले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा(सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गर्नुभयो।स्वास्थ्य… पुरा पढौ

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको मनोनयन

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको मनोनयन
पोखरा, १५ असार/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो । अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १७ जनाको आवेदन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
पोखरा, १२ असार/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १७ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १७ जनामको आवेदन परेको हो । गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो । कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति उमेद्वार दिनेहरु१. प्राडा अर्जुन आचार्य२. डा प्रदीप घिमिरे३. प्राडा माया लामा४. प्राडा चण्डिका… पुरा पढौ

जिएमसीमा न्यूरो सर्जिकलको अत्याधुनिक आइसीयू थप, प्रा डा याम रोकाले थाले सर्जरी

जिएमसीमा न्यूरो सर्जिकलको अत्याधुनिक आइसीयू थप, प्रा डा याम रोकाले थाले सर्जरी
पोखरा, १३ जेठ/ गण्डकी मेडिकल कलेज (जिएमसी), पोखराले न्यूरो क्रिटिकल केयरमा थप गरी सेवा सुरु गरेको छ । अस्पताल प्रशासनका अनुसार अत्याधुनिक सेवा प्रदान गर्न हालै १५ शैय्याको न्यूरो सर्जिकल आइसियू स्थापना गरिएको हो । योसँगै अब अस्पतालले गम्भीर प्रकृतिका न्यूरोसर्जिकल र न्यूरोलोजिकल बिरामीलाई उपचार एवं विशिष्ट सेवा गर्न सम्भव भएको अस्पतालले जनाएको छ । अस्पतालले वरिष्ठ न्यूरोसर्जन प्रा डा याम रोकालाई भित्राएसँगै २४ सैं घण्टा विशिष्ट सेवा प्रदान गर्न सुरु गरेको जनाएको छ ।मस्तिष्कमा नसा फुटेर रगत जमेको, ट्युमर,… पुरा पढौ

पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर, १ सय २५ जनालाई स्वास्थ्य सेवा

पोखरा, ६ बैशाख/ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदाम र लियो क्लब अफ पोखरा संगमको आयोजनामा पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर भएको छ । पोखरा ६ लेकसाइडका सामुदायीक प्रहरी सेवा बैदामको कार्यालयमा भएको शिविरमा करिब १ सय २५ जनाले स्वास्थ्य सेवा लिएका छन् । पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिकि तथा पोखरा महानगरपालिका वडा नम्बर ६ को सहकार्य रहेको थियो । मुख, गिजा तथा दन्त स्वास्थ्य शिक्षा दिने उद्देश्यले आयोजना भएको कार्यक्रममा कसरी मुख, गिजा तथा… पुरा पढौ

युआरएलमा वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा

युआरएलमा वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा
पोखरा, ४ वैशाख/ युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिएको छ । नयाँ वर्षकै अवसरमा युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयमा थाइराइडसम्बन्धी रगत जाँच (टिएसएच) सित्तैमा गर्न थालिएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका पोखरा महानगरमा रहेका शाखाहरु हस्पिटलचोक, विरौटा, शिशुवा, मोहोरिया, बाटुलेचौर,… पुरा पढौ

श्रम शोषण भएको भन्दै पोखराका डाक्टरहरु आन्दोलनमा

श्रम शोषण भएको भन्दै पोखराका डाक्टरहरु आन्दोलनमा
पोखरा, २४ चैत/ आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखरामा डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । पोखराका पृथ्वीचोकबाट शुरु भएको विरोध ¥याली पोखराको चिप्लेढुङ्गामा पुगेर विरोध सभामा परिणत भएको थियो । आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखराका दुई मेडिकल कलेजका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखराको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलानमा उत्रिएका हुन् । उनीहरुले पोखराका पृथ्वीचोकबाट विरोध ¥याली निकाले । डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको,… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज काफ्ले नियुक्त

डा. रघुराज काफ्ले
पोखरा, २७ फागुन/ विकास अर्थशास्त्री तनहुँका डा रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्र्तवार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा। काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा… पुरा पढौ