पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा १ महिने स्वास्थ्य शिविर आयोजना

-


     क्लिक गण्डकी     
     फागुन १ गते २०८२ मा प्रकाशित


पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सुरु ग¥यो

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल

पोखरा, १ फागुन/ पोखरा विश्वविद्यालयको २१औं दिक्षान्त समारोहको अवसरमा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विशेष स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

अस्पताल प्रशासनका अनुसार शिविर फाल्गुण १ गतेदेखि चैत १ गतेसम्म अस्पताल परिसरमा सञ्चालन गरिनेछ। शिविर अवधिभर विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।

यस अन्तर्गत छाती रोग उपचार सेवा, हाडजोर्नी तथा नशा रोग उपचार सेवा, स्त्री तथा प्रसुती रोग उपचार सेवा, बाल रोग उपचार सेवा, छाला रोग उपचार सेवा, मनोरोग उपचार सेवा तथा नाक–कान–घाँटी रोग उपचार सेवा समावेश छन्।

साथै, भिडियो एक्स–रे तथा शल्यक्रिया सम्बन्धी उपचार सेवासमेत प्रदान गरिने जानकारी अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार शिविरमा ओपिडि सेवा पूर्ण रूपमा निःशुल्क रहनेछ।

औषधी बाहेक बेड चार्जदेखि अन्य उपलब्ध सेवा शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सेवाग्राहीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।



This will close in 10 seconds