पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा

-


     क्लिक गण्डकी     
     पौष २३ गते २०८२ मा प्रकाशित


पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा

पोखरा, २३ पुस/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले क्रमशः आफ्नो सेवा विस्तार गर्दै पूर्ण क्षमतामा वार्ड सञ्चालनमा ल्याएको छ। पुस २२ गतेदेखि अस्पतालका वार्डहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

शिक्षण अस्पतालको २०८१ जेठ ७ गते विधिवत् उद्घाटन भई सेवा सञ्चालन भएको हो। यसअघि २०७९ भाद्र २२ गतेदेखि बहिरङ्ग सेवा ९ओपीडी० सुरु गर्दै अस्पतालले समुदायस्तरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो। स्थापना पश्चात् अस्पतालले गुणस्तरीय उपचार सेवा प्रदान गर्दै स्थानीय जनताको विश्वास जित्दै आएको छ।

हाल अस्पतालमा विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा उपलब्ध गराइँदै आएको छ। विशेषज्ञ सेवाको दायरा क्रमिक रूपमा विस्तार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। निकट भविष्यमा नाक, कान, घाँटी तथा मनोरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूबाट समेत सेवा प्रदान गर्ने तयारी भइरहेको छ।

बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको अवस्थामा पोखराका सुपरिचित छाती रोग विशेषज्ञ डा सिपि आचार्यको नेतृत्वमा अस्पताल सञ्चालनमा आएपछि सेवाग्राहीहरूको विश्वास अझ मजबुत भएको अस्तपालले जनाएको छ ।

शिक्षण, उपचार र अनुसन्धानलाई एकसाथ अघि बढाउने लक्ष्यका साथ सञ्चालन भइरहेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।