केपी ओली कपः गण्डकीले एपिएफलाई हरायो

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०८० मा प्रकाशित


केपी ओली कपः गण्डकीले एपिएफलाई हरायो

केपी ओली कपः गण्डकीले एपिएफलाई हरायो तस्बिरः सुर्दशन रञ्जित

पोखरा, ८ मंसिर/ केपी ओली कप टी २० प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबलाई गण्डकी प्रदेशले चार विकेटले हराएको छ । जितसँगै समूह ‘बी’ को गण्डकीले दुई अंक जोडेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा एपिएफले १ सय २ रनको लक्ष्य गण्डकीलाई प्रस्तुत गरेको थियो । गण्डकीले दुई बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो । गण्डकीका लागि मुस्कान थापाले २५, दीनेश बुढामागरले २४, अभिषेक थापाले अविजित ११ र गौरव बिकले ११ रन बनाए ।

एपिएफका लागि अविनाश बोहराले दुई, इर्सद अहमद, अमरसिंह रौटेला र अरुण ऐरीले समान एक विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि कप्तान प्रदीप ऐरीले २०, भुवन कार्की र सुमित महर्जनले समान १४, लोकेश बम र आसिफ शेखले समान १२ रन बनाए ।

गण्डकीका लागि विपीन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान दुई, दीनेश बुढामगर र सुदीप अर्यालले एक/एक विकेट लिए ।



Tags: