
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात तस्बिर योगेन श्रेष्ठ
पोखरा, ८ मंसिर/ केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछ । आज पहिले खेल बागमती प्रदेश र कर्णाली प्रदेश र दोस्रो खेल एपिएफ र गण्डकी प्रदेश बिच खेल हुनेछ ।
बागमती र कर्णाली समुह क र एपिएफ र गण्डकी समुह ख मा छन् । बागमतीले बिहीबार आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १०९ रनले हराएको थियो ।
प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।





