खेलकुद

पश्चिमाञ्चलद्वारा छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा

पश्चिमाञ्चलद्वारा छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा
पोखरा, १० मंसिर/ पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो। पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो। पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ। दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ… पुरा पढौ

गण्डकी हार्दा एपिएफ केपि ओली कपको सेमिफाइनलमा

गण्डकी हर्दा एपिएफ केपि ओली कपको सेमिफाइनलमा
पोखरा, १० मंसिर/ पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा गण्डकी लुम्बिनी संग पराजित हुँदा शसस्त्र प्रहरीको एपिएफ क्लब सेमीफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी र एपिएफका लागि उत्तिकै महत्वपूर्ण मानिएको आजको खेलमा गण्डकी पराजित हुँदै खेलबाट बाहिरिएको छ भने एपिएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी विरुद्ध खेल जिते पनि लुम्विनी अन्तिमचार बाट बाहिरन पुगेको छ । पोखरामा आइतबार भएको खेलमा गण्डकी लुम्बिनी संग ५ रनले् हार व्यहोरेको हो । घरेलु मैदानमा… पुरा पढौ

कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी

कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी तस्बिरः योगेन श्रेष्ठ
पोखरा, १० मंसिर/ नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा फराकीयलो अन्तरले विजयी सुरुवात गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समुह सि अन्तर्गत आइतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेश विरुद्ध ५७ रनले जित हासिल गरेको हो । कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन्… पुरा पढौ

पोखरामा भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगुलाई

पोखरामा भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगुलाई
पोखरा, १० मंसिर/ पोखरामा भएको ११ देशका खेलाडीको सहभागिता अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे । विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल… पुरा पढौ

पोखरामा भएको अन्तराष्ट्रिय क्रस कन्ट्रीमा नेपाली टोलीको बर्चस्व

पोखरामा भएको अन्तराष्ट्रिय क्रस कीन्ट्रमा नेपाली टोलीको बर्चस्व
पोखरा, ९ मंसिर/ पोखरामा आयोजित अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व रहेको छ । शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली टोलीले उपाधि जितेको छ । ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम हुदै नगद ३ लाख ६० हजार मेडल र प्रमाणपत्र जित्न सफल भयो । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ । ४० किलोमिटरकै प्रतिस्पर्धामा… पुरा पढौ

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, ९ मंसिर/ पोखरामा जारी केपि ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको आयोजक रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाईनल प्रवेश गरिसकेको छ । टस जितेर व्याटिङ गरेको आयोजकले मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका लागि रोशन गौतमले ३० रन, निर्मल थापा १७ रन, निश्चल ग्यावतीले… पुरा पढौ

विद्यालयस्तरीय ५ किमि छात्र तर्फ कृष्णबहादुर परियार र छात्रा तर्फ नारायणी भण्डारीलाई

विद्यालयस्तरीय ५ किमि छात्र तर्फ कृष्णबहादुर परियार र छात्रा तर्फ नारायणी भण्डारीलाई
पोखरा, ९ मंसिर/ पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता अन्तरगत विद्यालयस्तरीय ५ किमि दौडमा छात्र तर्फ कुम्दिनी होम र छात्रा तर्फ छोरेपाटन माविका विद्यार्थीले जितेका छन् । छात्र तर्फ कुम्दिनी होम बोडिङ स्कुल गैरपाटनका कृष्णबहादुर परियारले जितेका छन् । त्यसै गरी छोपाटन माविका छोरेपाटनका तेन्जोन रोका मगर दोस्रो र कास्की मोडलनाइज बोडिङका बादल कार्की तेस्रो भए । त्यसै गरी छात्रा तर्फ छोरेपाटन माविकी नारायणी भण्डारी पहिलो भइन् । त्यसै गरी मेघराज बेसिक स्कुलकी एन्जिला जिटिकी दोस्रो र तालबाराही माविकी गिता… पुरा पढौ

जे–३० टेनिस खेल्न विभिन्न राष्ट्रका सय बढि खेलाडी पोखरामा

जे–३० टेनिस खेल्न विभिन्न राष्ट्रका सय बढि खेलाडी पोखरामा
पोखरा, ८ मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् ।… पुरा पढौ

केपी ओली कपः गण्डकीले एपिएफलाई हरायो

केपी ओली कपः गण्डकीले एपिएफलाई हरायो
पोखरा, ८ मंसिर/ केपी ओली कप टी २० प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबलाई गण्डकी प्रदेशले चार विकेटले हराएको छ । जितसँगै समूह ‘बी’ को गण्डकीले दुई अंक जोडेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा एपिएफले १ सय २ रनको लक्ष्य गण्डकीलाई प्रस्तुत गरेको थियो । गण्डकीले दुई बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो । गण्डकीका लागि मुस्कान थापाले २५, दीनेश बुढामागरले २४, अभिषेक थापाले अविजित ११ र गौरव बिकले ११ रन बनाए । एपिएफका लागि अविनाश… पुरा पढौ

केपी ओली टी–२० क्रिकेट, बागमती सेमिफाईनल प्रवेश

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात
पोखरा, ७ मंसिर/ रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको बागमती प्रदेशले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल लक्ष्य दिएको थियो । ओपनर सुभ कन्साकार ४ रनमै पभेलियन फर्किएपछि बागमतीको इनिङलाई गौतम र पाण्डेले सम्हाल्दै उच्च स्कोरको योगफल तयार पारे । ५९ बल खेल्ने क्रममा… पुरा पढौ