सुदुरपश्चिम सँग पुलिस पराजित हुदाँ केपी ओली कपमा मधेश प्रदेश सेमिफाइनलमा

-


     क्लिक गण्डकी     
     मंसिर १२ गते २०८० मा प्रकाशित


केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित

फाइल तस्बिर

पोखरा, १२ मंसिर/ छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदुरपश्चिमले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

१५९ रनको लक्ष्यलाई पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
त्यसकै फाइदा मधेश प्रदेशलाई हुदै केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।

मधेशले सुदुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो । नेट रनरेटको आधारमा मधेश प्रदेश सेमिफाईनल पुग्ने भाग्यमानी टोली बन्यो ।

छैटौं र सातौं नम्बरमा आएका किरण ठगुन्ना र नरेन साउदले उत्कृष्ट पारी खेल्ने क्रममा छैटौ विकेटको लागि ९३ रनको साझेदारी गर्दै जितको सम्भावना देखाए । नरेनले ३९ रन, ठगुन्नाले अविजिति ५१ रन, नारायण जोशीले १७ रन बनाए ।

टस जितेर व्याटिङ रोजेको नेपाल पुलिस क्लबले कुशल भुर्तेलको अर्धशतीय पारीमा १५८ रनको योगफल तयार पार्यो । भुर्तेलको ५१ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ६७ रनको योगदान गरे ।

ओपनर सुनिल धमलाले ४२, अर्जुन साउदले २० रन, करण केसीले केवल तीन बल खेल्दै ७ रन बनाउदै नटआउट रहे । विकास आग्रीले दुई विकेट लिए । ठगुन्ना प्लेयर अफ दि म्याच घोषित भए ।



Tags: