कोशी प्रदेशलाई हराउदै आर्मी केपि ओली कपको सेमिफाइनलमा

-


     क्लिक गण्डकी     
     मंसिर १२ गते २०८० मा प्रकाशित


केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित

फाइल तस्बिर

पोखरा, १२ मंसिर/ कोशी प्रदेशलाई ३९ रनले हराउदै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।

आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भयो । कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए ।

आर्मीका लागि सोमपाल कामी र विवेक यादव समान २/२ विकेट लिए । जितेन्द्र मुखिया, वसिर अहमद, साहब आलम र रोहित पौडेलले समान १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५६ रन बनाए । भीमले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले अर्धशतक बनाए, रोहित पौडेलले २३ र कप्तान विनोद भण्डारीले १७ रन बनाए ।

कोशी प्रदेशका लागि श्रावण यादवले सर्वाधिक ३ विकेट लिए । कमल खत्रीले २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले १/१ विकेट लिए ।