खेलकुद

पुरुषतर्फ एलेक्से र महिलातर्फ उता आसाकुरालाई टेनिस उपाधी

पुरुषतर्फ एलेक्से र महिलातर्फ उता आसाकुरालाई टेनिस उपाधी
पोखरा, १६ मंसिर/ कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधी जितेका हुन् । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६–४ र सुपरटाइमा ६–० ले पराजित गर्दै उपाधी आफ्नों नाम गराएकी हुन् । पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र… पुरा पढौ

१६ औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी

१६ औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी
पोखरा, १५ मंसिर/ १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा जारी प्रतियोगितामा दोश्रो दिन दोश्रो चरणका खेलहरु सम्पन्न भएका हुन् । पोखरा रंगशालामा जारी स्पोर्टस मिटको दोश्रो दिन भलिबल छात्र–छात्रातर्फ ६–६ टिमले आ–आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिएका छन् । छात्रतर्फ जुनियर सिटिजन्स एकेडेमी, न्यू ग्यालेक्सी, टप्स, माउन्ट अन्नपूर्ण, केफ , पोखरा आदर्शले तेश्रो… पुरा पढौ

आर्मीलाई हराउँदै मधेश प्रदेशलाई केपि ओली कपको उपाधि

आर्मीलाई हराउँदै मधेश प्रदेशलाई केपि ओली कपको उपाधि
पोखरा, १५ मंसिर/ मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि२० प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । प्रतियोगितामा विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे । आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए… पुरा पढौ

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश भिड्दै

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश भिड्दै
पोखरा, १५ मंसिर/ पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब आज भिड्दै छन् । आज ११ बजे हुने फाइनल खेलमा दुई टिम आमन्ने सामन्ने हुनेछन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा मधेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई र आर्मीले बागमती प्रदेशलाई हराएर फाइनलको यात्रा तय गरेका थिए । बिहीबार भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमतीलाई ४ विकेटले पराजित गरेको थियो भने मधेशले एपिएफलाई ११ रनले हराएर फाइन प्रबेश गरेका… पुरा पढौ

एपिएफलाई हराउँदै मधेश प्रदेश फाइनलमा

एपिएफलाई हराउँदै मधेश फाइनलमा
पोखरा, १४ मंसिर/ एपिएफलाई हराउदै मधेश प्रदेश केपी ओली टि२० कपको सेमिफाइनलमा प्रबेश गरेको छ । मधेश प्रदेशले एपिएफ क्लबलाई ११ रनले हराउँदै फाइनलमा प्रबेश गरेको हो । उपाधिको लागि मधेशले आर्मीसँग खेल्नेछ । जितको लागि १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । एपिएफका सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए । प्रदीप ऐरी ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनमा… पुरा पढौ

केपी ओली कपमा बागमतीलाई हराउँदै आर्मी फाइनलमा (भिडियो सहित)

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १४ मंसिर/ पोखरामा जारी केप ओली कप टि२० क्रिकेट प्रतियोगितमा त्रिभुवन आर्मी क्लब फाइनलामा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा प्रबेश गरेको हो । आर्मीले उपाधिको लागि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफबीचको विजेतासँग खेल्नेछ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा ५ चौकासहित ३९ रन बनाए । सोमपाल कामी १४ बलमा १… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट कोशी प्रदेशको सान्त्वना जित

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १३ मंसिर/ पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७।४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक… पुरा पढौ

कोशी प्रदेशलाई हराउदै आर्मी केपि ओली कपको सेमिफाइनलमा

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १२ मंसिर/ कोशी प्रदेशलाई ३९ रनले हराउदै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो । आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भयो । कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए । आर्मीका लागि सोमपाल… पुरा पढौ

सुदुरपश्चिम सँग पुलिस पराजित हुदाँ केपी ओली कपमा मधेश प्रदेश सेमिफाइनलमा

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १२ मंसिर/ छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदुरपश्चिमले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । १५९ रनको लक्ष्यलाई पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।त्यसकै फाइदा मधेश प्रदेशलाई हुदै केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । मधेशले सुदुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो । नेट रनरेटको आधारमा मधेश… पुरा पढौ

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु
पोखरा, ११ मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् । सो अवसरमा मन्त्री सिंखडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयको तर्फबाट अभिभावकको भूंमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जाहेर गरिन् । उद्घघाटन समारोहमा… पुरा पढौ