प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट ४८ खेलाडी छनौट

-


     क्लिक गण्डकी     
     पौष ८ गते २०८० मा प्रकाशित


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट ४८ खेलाडी छनौंट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट ४८ खेलाडी छनौंट

पोखरा, ८ पुस/ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ ।

दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन ।

टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् ।

दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन् ।

ऋषिकेस शर्मा पौडेल र कमल थापा चयनकर्तामा थिए । यस पटकको छनौंटमा खेलाडीहरुको सहभागिता उल्लासमय रहेको पौडेलले बताए ।

पुष १० देखि जिल्ला छनौंट खेल शुरु हुने आयोजक संघका कोषाध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । छानिएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै कास्कीको गरिमा बढाउने उनले विश्वास व्यक्त गरे ।



Tags: