चौथो टाइगर कप भलिबल प्रतियोगितामा दुई विदेशी क्लब १२ टिमको सहभागिता

-


     क्लिक गण्डकी     
     पौष १३ गते २०८० मा प्रकाशित


टाइगर कप भलिबल प्रतियोगिता

टाइगर कप भलिबल प्रतियोगिता

पोखरा, १३ पुस /चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने टिमको टुङ्गो लागेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गते सम्म पोखरा रंगशाला भलिबल प्रतियोगिता हुदैछ ।

प्रतियोगितामा ६ महिला र ६ पुरुष गरी कुल १२ टिमको सहभागिता रहने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् । चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने भएको छ । पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाउने भएको छ ।

त्यसै गरी महिलातर्फ न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तीन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् ।

यस्तै पुरुषतर्फ सहभागि हुने हेल्प नेपाल स्पोर्टस क्लब, आयोजक टिम गण्डकी, र तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद १० हजार ५५५ प्राप्त गर्नेछन् । तेस्रो संस्करणमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।



Tags: