खेलकुद

पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलालाई

पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलालाई
पोखरा, १५ पुस/ दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिमा प्रदिप र संरक्षक, महिलातर्फ अभिलाषा र सुनिरा फाइनलमा

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिमा प्रदिप र संरक्षक, महिलातर्फ अभिलाषा र सुनिरा फाइनलमा
पोखरा, १४ पुस/ पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् । शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो… पुरा पढौ

गण्डकी प्रदेश प्रहरी र पोखरा लिजेन्ट फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल

गण्डकी प्रदेश प्रहरी र पोखरा लिजेन्ट फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल
पोखरा, १४ पुस/ गण्डकी प्रदेश प्रहरी र पोखरा लिजेन्ट फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ। पोखरा महानगरपालिका वाड नम्बर ८ को बाराही फुटसल खेल मैदानमा भएको खेलमा लिजेनट बिजयी भयो । लिजेन्टले १० गोल र प्रहरीले ९ गोल गर्दै गरे । अन्तिम सेट सम्म बराबरी खेलेका लिजेन्टका तर्फबाट सन्देश खड्काले निर्णयक गोल गर्दै लिजेन्टले जिते दिलाए । दुवै टिमका किरण मगर र किरण कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। ूखेल नै जिबनको सम्बन्ध होू भन्ने मुख्य नाराका… पुरा पढौ

चौथो टाइगर कप भलिबल प्रतियोगितामा दुई विदेशी क्लब १२ टिमको सहभागिता

टाइगर कप भलिबल प्रतियोगिता
पोखरा, १३ पुस /चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने टिमको टुङ्गो लागेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गते सम्म पोखरा रंगशाला भलिबल प्रतियोगिता हुदैछ । प्रतियोगितामा ६ महिला र ६ पुरुष गरी कुल १२ टिमको सहभागिता रहने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् । चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस… पुरा पढौ

पाँच किलोमिटर दौडमा कार्की र बराल प्रथम

पाँच किलोमिटर दौडमा कार्की र बराल प्रथम
पोखरा, १० पुस/ पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए । क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । त्यस्तै छात्रातर्फ समीक्षा पोख्रेल द्वितीय र तृष्णा सुवेदी तृतीय भएका छन्। क्याम्पसको आयोजना तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा भएको अन्तर संकाय खेलकुद प्रतियोगितामा… पुरा पढौ

मेयर कप सुरू, कृष्ण र स्वीकृति दौड च्याम्पियन, गण्डकी आवसीय मावि मार्च पासमा उत्कृष्ट

मेयर कप सुरू, कृष्ण र स्वीकृति दौड च्याम्पियन, गण्डकी आवसीय मावि मार्च पासमा उत्कृष्ट
पोखरा, ८ पुस/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू भएको छ । पोखरा रंगशालामा मंगलबारसम्म चल्ने विभिन्न चार विधाका खेल हुने प्रतियोगिताको मेयर धनराज आचार्यले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मेयर आचार्यले नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलमा त्यस्तो नभएको बताए । खेलकुदले नेपाली समाजलाई एकताबद्ध बनाइराखेको उनको भनाइ थियो । ‘नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलकुदमा विभाजित छैन । जब… पुरा पढौ

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट ४८ खेलाडी छनौट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट ४८ खेलाडी छनौंट
पोखरा, ८ पुस/ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन । टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ,… पुरा पढौ

पोखरामा २० औं माछापुच्छ्रे टेनिस प्रतियोगिता, चार देशका २१६ खेलाडीको सहभागिता

पोखरामा २० औं माछापुच्छ्रे टेनिस प्रतियोगिता, चार देशका २१६ खेलाडीको सहभागिता
पोखरा, ८ पुस/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा पुस १० गते देखी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा विभिन्न इभेन्टमा चार देशका २ सय १६ जना खेलाडीले सहभागीता जनाउने कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेले जानकारी दिए । पुस १४ गते सम्म सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जना खेलाडीले सहभागिता जाउने उनले बताए । प्रतियोगितामा सहभागिता जनाउन भारत, यूके र बंगालादेशका खेलाडी पोखरा… पुरा पढौ

‘फिस्टेल स्पोर्टस् फेस्ट’

‘फिस्टेल स्पोर्टस् फेस्ट’
पोखरा, पुस ७/ पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले सिकाइरहेको छ ।’’ उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पु¥याउने विचार राखे । शनिबार सम्पन्न सेभेन… पुरा पढौ

पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद आइतबारदेखि

पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद आइतबारदेखि
पोखरा, ७ पुस/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ । पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विका समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ । भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक… पुरा पढौ