टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल कस्तो समूहमा ?

-


     क्लिक गण्डकी     
     पौष २० गते २०८० मा प्रकाशित


टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल कस्तो समूहमा ?

टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल कस्तो समूहमा ?

पोखरा, २० पुस/ आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड छन् ।

समूह ए मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड, समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।

जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा ५५ खेल हुनेछन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् ।

४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को २ समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।

गत कात्तिकमा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासंग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।