पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०८० मा प्रकाशित


पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

पोखरा, ७ मंसिर/ पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । अध्यक्ष ओलीले प्रतियोगिताको बलिङ र ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबिच भैरहेको छ । एकेडेमी ‘रातो’ले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

एकेडेमी ‘रातो’को कप्तानी अमर मिश्रले र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् । बागमतीले ७ विकेटका क्षतिमा १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।