भारतलाई हराउँदै अष्ट्रेलियालाई विश्वकपको उपाधि

-


     क्लिक गण्डकी     
     मंसिर ३ गते २०८० मा प्रकाशित


भारतलाई हराउँदै अष्ट्रेलियालाई विश्वकपको उपाधि

भारतलाई हराउँदै अष्ट्रेलियालाई विश्वकपको उपाधि

एजेन्सी – ओपनर ट्रविस हेडको शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को उपाधि जितेको छ । फाइनलमा भारतलाई ६ विकेटले हरायो ।

जितको लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्का सहित १ सय ३७ रनको शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।

एक समय ४७–३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गरे । टोलिलाई दुई रन चाहिदा हेस आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ रन जोडे ।

भारतले लिगमा सबै खेल जितेको थियो । अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो । यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधी जित्ने सपना अधुरै रह्यो ।



Tags: