#पोखरा महानगरपालिका

पुलको उद्घाटन नभई हेर्न गएको हो पोखरा महानगरका मेयर- जिसी

मानबहादुर जिसी
पोखरा, २७ बैशाख/ पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै परेको उजुरीबारे जिसीले स्पष्टीकरण दिएका छन् । मेयर जिसीले मंगलबार पोखरा वडा ४ र ५ जोड्ने फिर्के पुल उद्घाटन गरेकोमा निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले मेयर जिसीलाई मंगलबार नै स्पष्टीकरण सोधेकोमा उनले पुल उद्घाटनमा सहभागी नभइ मध्यभागमा उपस्थिति मात्रै भएको लिखित स्पष्टीकरण निर्वाचन कार्यलयमा पेस गरेका छन् । स्पष्टीकरणमा भनिएको छ, ‘वडा नम्बर ४ र ५ जोड्ने फिर्के खोलाको पुल निर्माणको अवस्था, अवलोकनको सिलसिलामा म… पुरा पढौ

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेको अपिल

पोखरा, २७ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘ हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’स्थानीय तह जनताको समीपमा रहेर जनताको हेरक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने,… पुरा पढौ

याथासिघ्र विमानस्थल संचालनका लागि वातावरण तयार गर्नेः आचार्य

धनराज आचार्य
पोखरा, २७ वैशाख / पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको ल्याण्डफिल्ड साईडको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । पोखरा १४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले ल्याण्डफिल्ड साईडको समस्या तत्काल समाधान गरि अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । पोखरामा फोहोर व्यवस्थापनको विषय पटक पटक विवादित भैरहेको भन्दै यसको दीर्घकालिन समाधानको ठोष योजना सहित आफुहरु आएको आचार्यले बताए । उपयुक्त स्थानमा यसको व्यवस्थापन गरिने बताउदै… पुरा पढौ

चुनाव जितेर पोखराप्रति अपनत्व जगाउँछौः गनेस पौडेल

गनेस पौडेल
पोखरा, २७ बैशाख/ दलीय भागबण्डा विरुद्धमा सुरु भएको अटेरी अभियानबारे धेरै केही त भन्नै पर्दैन । राजनीतिक दलको टाउको दुखाई बनि रहेको अटेरी अभियानले आफ्नो चुनावी खर्च समेत सार्वजनिक गरि सकेको छ । अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदका उम्मेदवार गनेस पौडेलले चुनाव जितेपछि पोखराप्रति अपनत्व जगाउने बताएका छन् । पोखरा महानगरमा समावेश भए पनि अझैं पोखरा महानगरबासिले पोखराबासि भएको महसुस नै नगरेको उनले बताए । ‘अस्ति चुनावी कार्यक्रममा माँझठान जाँदा एक जना महिलाले केटाकेटी पोखरा गएका छन्… पुरा पढौ

विजय र विकासको सुरुआत लेखनाथबाटै हुन्छः थापा

विजय र विकासको सुरुआत लेखनाथबाटै हुन्छः थापा
लेखनाथ, २७ वैशाख / नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेद्वार कृष्ण थापाले विजय र विकासको सुरुआत पनि लेखनाथबाटै हुने बताएका छन् । नेकपा एमाले पोखरा २९ ले मंगलबार चुनावी अभियान अन्तरगत मेयर र उपमेयर सहितको घरदैलो पछिको कोणसभामा बोल्दै मेयर पदका प्रत्यासी थापाले पोखरा प्रवेश गर्ने कोत्रेबाट पोखरासम्म ६ लेनको बाटो र कोत्रेबाट पोखरा पस्दा नै युरोप पसे जस्तो अनुभुति हुने खालका विकासका संरचना निर्माण गरिने बताएका हुन् । ‘तपाईंहरु भोट दिनुहोस्, विकास गर्ने जिम्मा हाम्रो हो ।’… पुरा पढौ

भिजन नहुँदा पोखरा बिग्रियो, हामी सपार्छाैंः आचार्य

भिजन नहुँदा पोखरा बिग्रियो, हामी सपार्छाैंः आचार्य
पोखरा, २७ वैशाख/ देशकै ठूलो र पर्यटकीय महानगर पोखरा । गण्डकीको राजधानी, सुन्दर सहर । यस्ता अनेक अपेक्षा गरी पोखरा भित्रिने नयाँ पाहुनाको आँखामा पोखरा प्रवेश गर्ने बित्तिकै बिझाउँछन्ः धूले सडक, अव्यवस्थित बसोबास, ट्राफिक जाम, हिमाल छेकिने अग्ला महल । सुन्दर फेवाताल हेर्न पुग्नेहरुको मन कुडिन्छ, जब उनीहरु देख्छन् तालछेउमा फोहोर र मापदण्ड मिचिएका घर । यहाँका सबैजसो ताल अतिक्रमणको चपेटामा छन् । सहरबीचबाट बग्ने सेती अतिक्रमणको चपेटामा छ । यस्ता अनेक समस्या महानगरकै नेतृत्वमा इच्छाशक्ति नहुँदा आएका हुन् ।… पुरा पढौ

मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्ने सक्छन् – ओली

केपी शर्मा ओली
पोखरा, २६ बैशाख/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा सत्ता गठबन्धका पाँच दललाई बादरको संज्ञा दिएका छन् । नेकपा एमाले पोखरा नगरकमिटिले आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै उनले ओलीले भने, ‘पशुपतिको मन्दिरमा पुग्नुअगाडि फूलपातीको टोकरी बाँदरले खोसेर लान्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ एकैचोटी ५ वटा बाँदर आउने बताए । उनले गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्नसक्ने बताए । ‘गठबन्धनल भोटले जित्ने होइन । अघिल्लो पलट भरतपुरमा हामीले देखेका छौं । हारेपछि मतपत्र च्यात्ने, चपाउने,… पुरा पढौ

धनराजलाई समर्थन गर्दै कांग्रेसका ‘बागी’ उम्मेदवार विमलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

धनराजलाई समर्थन गर्दै कांग्रेसका ‘बागी’ उम्मेदवार विमलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता
पोखरा, २६ बैशाख/ पार्टीको नीति प्रति असहमती जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा‘ बागी’उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निश्क्रिय भएको बताएका छन् । ‘साथीभाईको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक… पुरा पढौ

पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा

पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा
पोखरा, २५ वैशाख/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्रको खिलापमा रहेको अरोप लगाएका छन् । पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीजी प्रजातन्त्रको पक्षमा रहेको बताए । ओलीको आतङकलाई रोक्नका लागि गठबन्धन बनेको देउवाले बताए । प्रधानमन्त्री समेत रहेका देउवाले संसदमा विरोध गर्दा भंग गर्ने र नयाँ सरकार बनेपछि संसदमा विरोधमात्रै गर्ने गरेको बताए । संविधानअनुसार भंग गर्नै नमिल्ने भएकाले आफूहरु अदालत गएर संसद फिर्ता ल्याएको देउवाले बताए । गठबन्धन अन्य दललाई… पुरा पढौ

पाँचदलीय गठबन्धनले पोखरामा बृहद चुनावी आमसभा गर्ने

पाँचदलीय गठबन्धनले पोखरामा बृहद चुनावी आमसभा गर्ने
पोखरा, २४ बैशाख/ पोखरामा भोलि पाँचदलीय गठबन्धनले बृहद चुनावी आमसभा गर्ने भएको छ । पाँचदलीय गठबन्धनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी भोलि आईतबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),… पुरा पढौ