#पोखरा महानगरपालिका

एमाले नेता प्यासीले भने, ‘५ दल लाग्दा पनि एमालेसँग सातो उडेको छ’

एमाले नेता प्यासीले भने, ‘५ दल लाग्दा पनि एमालेसँग सातो उडेको छ’
पोखरा, २४ वैशाख/ नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले गठबन्धन भनेर लागेका ५ दलको सातो उडेको बताएका छन् । उनले एमालेलाई जनताले दिएको साथ देखेर ५ दल आत्तिएर सातो उडेको बताए । आसन्न स्थानीय तह निर्वाचन केन्द्रित पोखरा २५ हेम्जाको मिलनचोकमा भएको एमालेको कोणसभामा प्यासीले जनताको पार्टी एमाले भएको बताउँदै पार्टी फुटाउने, जनतालाई धोका दिने बेइमानीले जनताको साथ नपाउने ठोकुवा गरे । उनले नेकपा एमाले एक्लैले गठबन्धनसँग फेस गर्न र च्यालेन्स गर्न तयार भएको उल्लेख गरेका छन् । विचारको राजनीति,… पुरा पढौ

अरु दलको बाकस खाली गरिदिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलको आग्रह

राजेन्द्र लिङ्देल
पोखरा, २४ बैशाख/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला पार्टीको मतको बाकस खाली गरिदिन आग्रह गरेका छन् । शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदै अध्यक्ष लिङदेलले देश बनाउनका लागि सबै सुध्रिन पर्ने बताए र्। भोट हाल्ने बेलामा पार्टीहरुलाई हामी छौ नि भन्दीनु होस्’ नेता लिङ्देलले भर्ने तर भोट दिने बेलामा हामीलाई दिनुहोस् ।’ ठुला दललाई २० वर्ष सम्म भोट दिएपनि नसुध्रिने भएपछि सुध्र्रान निर्वाचन भएको उनको भनाई छ ।र् बाँकस खोल्दा मात्रै नेताहरुले थाहा पाउन्’ नेता लिङ्देलले भर्ने… पुरा पढौ

कुशल नेतृत्वको अभावकै कारण पोखरा बनेन्ः आचार्य

कुशल नेतृत्वको अभावकै कारण पोखरा बनेन्ः आचार्य
पोखरा, २३ वैशाख/ पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले पोखरा नबन्नुमा अहिले सम्मको नेतृत्व जिम्मेवार रहेको बताएका छन् । पोखराका विभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले प्रर्याप्त स्रोत र साधन हुदाँ हुदैपनि कुशल नेतृत्वको अभावमा पोखरा महानगर बन्न नसकेको बताएका हुन् । उमेदवार आचार्यले पोखरा महानगरमा अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अब त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाए । उनले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानगरवासीलाई… पुरा पढौ

पोखरा १७ मा गठबन्धनको घरदैलोः एमालेका जनप्रतिनीधिले गर्दा दुख पाएको मतदाताको गुनासो

पोखरा १७ मा गठबन्धनको घरदैलोः एमालेका जनप्रतिनीधिले गर्दा दुख पाएको मतदाताको गुनासो
पोखरा, २३ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १७ मा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागेका छन् । उम्मेदवारहरुले आगामी ५ बर्षमा जनअपेक्षाअनुसार काम गरेर वडालाई व्यवस्थित र नमूना बनाउने प्रतिबद्धता समेत जनाएका छन् । ‘हामी घरदैलो गरिरहँदा जनताहरुले हामीप्रति ठुलो आशा अनि भरोषा देखाएका छन् । अघिल्लो पटक एमालेका जनप्रतिनीधिहरुले राम्रो काम गर्न नसकेको प्रति मतदाताहरुको ठुलो गुनासो छ ।’ नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका देवराज आचार्यले भने–‘त्यसैले पनि नेपाली काँग्रेस र गठबन्धनको तर्फबाट… पुरा पढौ

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन
पोखरा, २३ वैशाख/ पोखरा महानगर बनेपछि पहिलो पटक जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गर्नु भएको हो । पुस्तक विमोचन गर्नुहुँदै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगर बारे योजना बनाउन सघाउने उल्लेख गर्नुभयो । पोखरा बारे चासो राख्ने, अध्ययन, अनुसन्धान… पुरा पढौ

पोखरामा शनिबार राप्रपाको चुनावी आमसभा, राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने

पोखरामा शनिबार राप्रपाको चुनावी आमसभा, राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने
पोखरा, २२ बैशाख/ आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखरा महानगरपालिकामा विशेष चुनावी आमसभा गर्ने भएको छ । पार्टीले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको बारेमा जानकारी दिएको हो । बैशाख २४ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजेदेखि आमसभा शुरु हुने पार्टीले जनाएको छ । चुनावी आमसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । लिङ्देनसहित आमसभामा पार्टीका शीर्षस्थ नेताहरुको पनि सहभागिता रहने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम… पुरा पढौ

गनेसको वर्णमाला सार्वजनिक

गनेसको वर्णमाला सार्वजनिक
पोखरा, २१ बैशाख/ पोखरा महानगरपालिका प्रमुख पदका स्वतन्त्र (अटेरी) उम्मेद्वार गनेस पौडेलको गनेस पौडेलको वर्णमाला सार्वजनिक भएको छ । पोखरा लक्ष्य २०७९ कार्ययोजनामा समावेश मुख्य मुख्य बुँदालाई टिपेर पोखराको विकासका लागि गनेस पौडेलको वर्णमाला नाममा सार्वजनिक गरिएको हो । उम्मेद्वार पौडेलको वर्णमालामा कार्ययोजना पत्रमा समावेश क देखि ज्ञ सम्म मुख्य योजनाहरु राखिएको छ । महानगरिय मोबाइल एप सञ्चालनदेखि सार्वजनिक सम्पत्तिको अतिक्रमण निर्वाचित भएको २ महिना भित्र छानबिन र कारबाहीको प्रतिक्रया अघि बढाउने, महानगरलाई बुटिक सहरको अवधारणा अनुसार सहरी सौन्दर्यका योजना… पुरा पढौ

घरदैलोसँगै मतदाताको समस्या बुझ्दै पोखरा १ का काग्रेस उम्मेदवार

घरदैलोसँगै मतदाताको समस्या बुझ्दै पोखरा १ का काग्रेस उम्मेदवार
पोखरा, २१ वैशाख/ स्थानीय तहको मतदानको दिन नजिकीदै गर्दा उम्मेदवारहरु आ आफनो क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त छन् । सोही क्रममा पोखरा महानगरमा वडा न १ मा नेपाली काग्रेसका उम्मेदवारहरु ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन ईमान्दारीताका लागि’ भन्दै आफनो वडाका टोल टोलमा घरदैलो कार्यक्रममा व्यस्त छन् । काग्रेसका तर्फबाट पोखरा १ को वडाध्यक्षमा सीता गुरुङ सगै सदस्यहरुमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल चुनावी मैदानमा छन् । उनीहरुले घरदैलो सग स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका… पुरा पढौ

पोखरा ७ मा एमालेको घरदैलोमा पुगेर भोट माग्दै

पोखरा ७ मा एमालेको घरदैलोमा पुगेर भोट माग्दै
पोखरा, २० वैशाख / नेकपा एमाले निर्वाचन परिचालन कमिटी पोखरा ७ ले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । घरदैलो कार्यक्रम अन्तर्गत मंगलबार रत्नचोक, ढाडक्षेत्र, अन्नपूर्णटोल, एयरपोर्ट, मस्ताङ्खचोकमा कार्यक्रम गरिएको हो । विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेपछि माछापुच्छ«ेटोलमा आएर कोणसभा सम्पन्न गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा संविधानसभा सदस्य सीता गिरीले दाजुभाई बन्धुत्व भनेर मत खेर नफाल्न आग्रह गर्नुभयो । अहिले लडाई गठबन्धन र एमालेको भएकोले केन्द्रदेखि स्थानिय तहसम्म एमालेलाई जिताउन उहाँले आग्रह… पुरा पढौ

अप्ठेरो अवस्थामा विकास निर्माणको पूर्वाधारको जग हामीले हाल्यौँः थापा

अप्ठेरो अवस्थामा विकास निर्माणको पूर्वाधारको जग हामीले हाल्यौँः थापा
पोखरा, २० बैशाख /नेकपा एमाले पोखरा –१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा मेयर र उपमेयरसहित वडाका पाँचै जना उम्मेदवार र कार्यकर्ताको टोलीले वडाको विभिन्न टोलको परिक्रमा गरेको हो। घरदैलो पश्चात आयोजित कोण सभालाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कृष्ण थापाले घरदैलो कार्यक्रममा वडावासीले देखाउनुभएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए।थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै… पुरा पढौ