राजेन्द्र लिङ्देल
पोखरा, २४ बैशाख/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला पार्टीको मतको बाकस खाली गरिदिन आग्रह गरेका छन् । शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदै अध्यक्ष लिङदेलले देश बनाउनका लागि सबै सुध्रिन पर्ने बताए र्। भोट हाल्ने बेलामा पार्टीहरुलाई हामी छौ नि भन्दीनु होस्’ नेता लिङ्देलले भर्ने तर भोट दिने बेलामा हामीलाई दिनुहोस् ।’ ठुला दललाई २० वर्ष सम्म भोट दिएपनि नसुध्रिने भएपछि सुध्र्रान निर्वाचन भएको उनको भनाई छ ।र्
बाँकस खोल्दा मात्रै नेताहरुले थाहा पाउन्’ नेता लिङ्देलले भर्ने मानिसहरु त बाठो भई सकेका छन् ।’ त्यती भएपछि मात्रै ठुला दलका नेताहरु कि त मैदान छाड्ने छन् नि राम्रो काम गर्ने छन् उनको भनाई थियो ।
यो देश सुध्रिनको लागि कांग्रेस, माओवादी, समाजवादी र अरु के–के भन्ने छन् सबै सुध्रिन आवश्यक रहेको लिङ्देलले बताए । त्यसका लागि निर्वाचनमा पराजीत गरेर उनीहरुलाई पाठ सिकाउनु पर्ने बताए । ‘भोट दिने भन्ने कुरा छोरी दिने भन्दा पनि ठुलो कुरा’ उनले भने छोरी दिदा कति सोचेर दिने गरीन्छ तपाईले दिदा पनि सोचेर दिन आग्रह गरे । गलत पार्टी र गलत नेतालाई भोट परे पुरै समाज, पुरै देशले दुःख पाउने बताए ।
उनले राप्रपा फरक ढंगले आएको बताउदै सबैभन्दा माथी देश राखेको काम गर्ने बताए । अहिले राप्रपाले लिएर आएको मुद्धा र अभियान देश बचाउने र देश बनाउने मुद्धा र अभियान रहेको उनले दाबी गरे । यो केवल राप्रपाको मुद्धा र अभियान मात्रै हैन, यो तपाईको पनि अभियान हो ।
लिङ्देलले देश बचाउने र बनाउन राप्रपाले आट गरेको दावी गरे । ठुला पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटो तर्फ लगेको बताएका छनउनले आरोप लगाए । अध्यक्ष लिङदेलले कांग्रेस, एमाले र माओवादी देशलाई दुर्घटनामा पुर्याउन उद्धत रहेको पनि आरोप लगाए ।