#पोखरा महानगरपालिका

पोखराका खाजा घरमा अनैतिक गतिविधि, ४ सञ्चालक पक्राउ, ११ जनाको उद्धार

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १९ भदौ/ कास्की प्रहरीले पोखराका विभिन्न खाजाघरमा छापा क्रम अगाडी बढाएको छ । बागलुङ बसपार्कका १९ र नालाको मुखस्थित १ गरी २० खाजाघर संचालकलाई केही दिनअघि पक्राउ गरेको प्रहरीले पोखरा–८, जाल्पारोडका खाजा घरमा पनि छापा मारेको छ । जाल्पारोडका विभिन्न खाजाघरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको भन्ने सूचना आधारमा प्रहरी टोलीले खाजाघरका ११ जना महिलाहरूलाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाइएको जनाएको छ । यस्तै, अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जना खाजा घर सञ्चालकहरूलाई मंगलबार नियन्त्रणमा लिएको छ… पुरा पढौ

पोखराको सार्वजनिक यातायात विद्युतीय बनाउन ४ करोड डलर सहयोग

पोखराको सार्वजनिक यातायात विद्युतीय बनाउन ४ करोड डलर सहयोग
पोखरा, १२ भदौ/ पोखराको सार्वजनिक यातायातलाई विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालन गरिने भएको छ । एसियाली विकास बैंक (एडीबी) को ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ३० करोड रुपैयाँ) बराबरको सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो । पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय… पुरा पढौ

कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन मयेर धनराज आचार्यको निर्देशन

कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउन मयेर धनराज आचार्यको निर्देशन
पोखरा, २५ साउन/ कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई निर्देशन दिएका छन् । पोखरा महानगरपालिका मातहतका कार्यलयहरुको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समुचित परिचालन गर्दै आफ्नो दक्षता समेत व्यवहारिक रूपमा प्रदर्शन गर्न निर्देशन दिए । महानरपालिका मातहतका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र पारदर्शी बनाउँदै आफ्नो कार्य दक्षतालाई पनि सेवाको गुणस्तरमा प्रतिबिम्बित गर्न उनले निर्देशन दिए । कतिपय आलोचनाहरूका बिचबाट पनि नागरिक सेवालाई चुस्त र गुनासो… पुरा पढौ

पोखरा महानगरमा एक हप्ता राजस्व संकलन बन्द

पोखरा महानगरपालिका
पोखरा, १ साउन/ पोखरा महानगरपालिकामा एक सातासम्म राजस्व संकलन कार्य बन्द रहने भएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०८२ मा स्वीकृत करका दररेटहरु सफ्टवेयरमा अद्यावधिक गर्न तथा चालु आव २०८१र०८२ को हिसाब मिलन कार्यका लागि हप्ता बन्द रहने जानकारी दिए । साउन १ देखि ७ गते सम्म राजस्व संकलन कार्य स्थगित गरिएको जनाएका छन् । जसअनुसार, पोखरा महानगरपालिका तथा यसअन्तर्गतका महाशाखा, शाखा एवं… पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड
पोखरा ८, असार/ पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड रुपैयाको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२/०८३ बजेट प्रस्तुत गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले बजेट सार्वजनिक गरिन् । बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १५.१६ प्रतिशत, पूर्वाधार तर्फ २ अर्व… पुरा पढौ

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी
पोखरा, १७ जेठ/ फेवातालबारे सर्वोच्चले पछिल्लो पटक २०८० असार ४ गते नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो । उक्त परमादेशमा व्यक्ति वा संस्थाको नाममा भएको दर्ता खारेज गरी तालकै नाममा कायम गर्न र उच्च बहाव सीमानाबाट ६५ मिटरसम्मको सबै संरचना हटाउन तथा सौन्दर्यीकरण गर्न भनिएको छ । ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन ६ महिनाको म्याद दिइएकोमा झन्डै २ वर्षसम्म अध्ययनमा खर्च सरकारले काम थालेको छ । फेवातालबारे सर्वोच्चले २०८० असार ४ गते नेपाल सरकार,… पुरा पढौ

पोखरा महानगरपालिकाको बेरुजू सबैभन्दा बढी

पोखरा महानगरपालिका
पोखरा, २ जेठ/ कास्कीका ५ पालिकामध्ये पोखरा महानगरपालिकाको बेरुजू सबैभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनअनुसार पोखरा देशका ६ महानगरमध्ये पनि सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको प्रतिवेदनअनुसार पोखराको १३ अर्ब ४६ करोड ७२ लाख ६० हजार लेखापरीक्षण भएकोमा ५० करोड ४३ लाख ९ हजार बेरुजु रहेको पाइएको छ । यो ३ दशमलव ७४ प्रतिशत बेरुजु हो । पोखरापछि मादी गाउँपालिकाको… पुरा पढौ

राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन

राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन
पोखरा, १७ फागुन/ राष्ट्रपति रामचन्द्र पौडेलले आज पर्यटकीय नगरी पोखरा स्थित सराङकोट धामको उद्घाटन गर्नुभएको छ । हेलीकप्टर मार्फत काठमाण्डौंबाट सिधै सराङकोट धाम पुगी उहाँले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउनुहुँदै त्यहाँ निर्माण भएका संरचनाको उद्घाटन गर्न… पुरा पढौ

अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्यको उपचार हुदै

पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
पोखरा, ५ फागुन/ कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन् भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचाररत छन् । पौडेल सोमबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए । मन्त्री र मेयरको गर्धन, अनुहार, गाला, हात लगायतमा जलन भएको थियो । पोखराबाट हेलिकप्टरमार्फत काठमाडौं लगेर अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई अस्पतालले ४८ घन्टा… पुरा पढौ

पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
पोखरा, ३ फागुन/ पोखरा पर्यटन वर्ष २०२५ घोषणा समारोहमा बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । प्रमुख अथिति अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवैजना सामान्य चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । उनीको अहिले पोखरा गण्डकी मेडिकल अस्पतालमा उपचार भएको छ । धेरैवटा बेलुन बत्तीको झिल्का नजिकै राख्दा तातोका… पुरा पढौ