पोखरा महानगरपालिकाको बेरुजू सबैभन्दा बढी

-


     क्लिक गण्डकी     
     जेठ ३ गते २०८२ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, २ जेठ/ कास्कीका ५ पालिकामध्ये पोखरा महानगरपालिकाको बेरुजू सबैभन्दा बढी देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनअनुसार पोखरा देशका ६ महानगरमध्ये पनि सबैभन्दा बढी बेरुजु देखिएको छ ।

महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको प्रतिवेदनअनुसार पोखराको १३ अर्ब ४६ करोड ७२ लाख ६० हजार लेखापरीक्षण भएकोमा ५० करोड ४३ लाख ९ हजार बेरुजु रहेको पाइएको छ । यो ३ दशमलव ७४ प्रतिशत बेरुजु हो ।

पोखरापछि मादी गाउँपालिकाको धेरै बेरुजु देखिएको छ । एक अर्ब दुई करोड ७३ लाख सात हजारको लेखापरीक्षण भएकोमा २ दशमलब ३५ प्रतिशत बेरुजू पाइएको छ । जुन २ करोड ४१ लाख ४४ हजार रुपैयाँ हो ।

अन्नपूर्ण गाउँपालिकामा एक अर्ब ५० करोड ४६ लाख ५५ हजारको लेखा परीक्षण गरिएकामा २ करोड १८ दाख ९५ हजार बेरुजु छ । यो कुल रकमको १ दशमलब ४६ प्रतिशत हो । रुपा गाउँपालिकाको ७६ करोड आठ लाख पाँच हजार परीक्षणमा ५० लाख ३५ हजार अर्थात् शून्य दशमलब ६६ प्रतिशत रहेको छ ।

सबैभन्दा कम बेरुजु हुनेमा माछापुच्छ«े गाउँपालिका हो । यहाँ मात्र शून्य दशमलब २४ प्रतिशतमात्र बेरुजु छ । कुल १ अर्ब ५२ करोड ६६ लाख ७ हजार लेखापरीक्षणमा ३६ लाख ६२ हजार मात्र बेरुजु देखिएको छ ।



Tags: