पोखरा महानगरमा एक हप्ता राजस्व संकलन बन्द

-


     क्लिक गण्डकी     
     श्रावण २ गते २०८२ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, १ साउन/ पोखरा महानगरपालिकामा एक सातासम्म राजस्व संकलन कार्य बन्द रहने भएको छ ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०८२ मा स्वीकृत करका दररेटहरु सफ्टवेयरमा अद्यावधिक गर्न तथा चालु आव २०८१र०८२ को हिसाब मिलन कार्यका लागि हप्ता बन्द रहने जानकारी दिए ।

साउन १ देखि ७ गते सम्म राजस्व संकलन कार्य स्थगित गरिएको जनाएका छन् । जसअनुसार, पोखरा महानगरपालिका तथा यसअन्तर्गतका महाशाखा, शाखा एवं वडा कार्यालय समेतका राजस्व संकलन काउन्टरहरुबाट राजस्व संकलन तथा बैंक दाखिला लगायतका कार्य बन्द हुने आचार्यले जनाए ।



Tags: