पोखरा १७ मा गठबन्धनको घरदैलोः एमालेका जनप्रतिनीधिले गर्दा दुख पाएको मतदाताको गुनासो

-


     क्लिक गण्डकी     
     वैशाख २३ गते २०७९ मा प्रकाशित


पोखरा १७ मा गठबन्धनको घरदैलोः एमालेका जनप्रतिनीधिले गर्दा दुख पाएको मतदाताको गुनासो

पोखरा १७ मा गठबन्धनको घरदैलोः एमालेका जनप्रतिनीधिले गर्दा दुख पाएको मतदाताको गुनासो

पोखरा, २३ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १७ मा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागेका छन् । उम्मेदवारहरुले आगामी ५ बर्षमा जनअपेक्षाअनुसार काम गरेर वडालाई व्यवस्थित र नमूना बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

‘हामी घरदैलो गरिरहँदा जनताहरुले हामीप्रति ठुलो आशा अनि भरोषा देखाएका छन् । अघिल्लो पटक एमालेका जनप्रतिनीधिहरुले राम्रो काम गर्न नसकेको प्रति मतदाताहरुको ठुलो गुनासो छ ।’ नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका देवराज आचार्यले भने–‘त्यसैले पनि नेपाली काँग्रेस र गठबन्धनको तर्फबाट घरदैलोमा जाँदा जनताले हामीप्रति सदाशयता देखाएका छन् ।’

गठबन्धनको तर्फबाट युवा जोश र जाँगरसहितका शिक्षित उम्मेदवारहरु आसन्न निर्वाचनमा उठेकाले पनि यो समूहसँग जनअपेक्षा बढेको आचार्यको बुझाई छ । आचार्यले आफूहरु निर्वाचित भएर आएको खण्डमा वडाबासीले गर्व गर्ने गरि काम गर्ने बताए ।

बुधबार गठबन्धनको तर्फबाट वडा नम्बर १७ मा राष्ट्रबैंकचोक, ड्यामसाईड, स्याउली बजार र बिरौटाको मूख्य बजार क्षेत्रमा घरदैलो सम्पन्न भयो । विकास निर्माणको काममा ढिलासुस्ती हुँदा पनि स्थानिय सरकारले काम गर्ने कुनै चासो नदेखाएको भन्दै सो क्षेत्रका बासिन्दाले उम्मेदवारहरुसँग गुनासो गरेका थिए । लामो समय यता सिद्धार्थ राजमार्गको विस्तारको नाममा सो क्षेत्रका बासिन्दाहरुले धुलोधुँवा र हिलो बाटोमा यात्रा गर्नुपरेकोले सास्ती भएको बताएका थिए ।

पोखरा १७ मा यसपटकको स्थानीय चुनावमा गठबन्धनको तर्फबाट अध्यक्षमा देवराज आचार्य र सदस्यहरुमा रञ्जिता सुबेदी, शोभा विश्वकर्मा, गोबिन्द बराल, बिक्रम भण्डारीले उम्मेदवारी दिएका छन् । यो समूहले पर्यटन, सामाजिक, साँस्कृतिक, युवा र खेलकुदको क्षेत्रमा आफूहरुले विशेष गुरुयोजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



Tags: , ,