#पोखरा महानगरपालिका

पोखरा महानगरमा १५० मत गणना हुदाँ थापा अगाडी

पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा एमालेका कृष्ण थापा अगाडी देखीएका छन् । थापाले ६१ मतका साथ अग्रता लिएका छन् । एकिकृत समाजबादीका धनराज आचार्यले ५० मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ५९ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ६० मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपा शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । पुरा पढौ

पोखरा महानगरमा ५० मत गणना हुदाँ

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर ५० मतगणना गर्दा एकिकृत समाजबादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् । उपमेयरमा नेपाली काग्रेकी कोपिला रानाभाटको २२ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन् , पुरा पढौ

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपाकिलाका ४ वटा वडामा मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को गणना शुरु भएको हो । यहाँको मतगणना ८ ठाउँबाट भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो । कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण, माछापुच्छे, मादी गाउँपालिकामा… पुरा पढौ

कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेका विक्रम गुरुङको अग्रता

निर्वाचन चुनाब
पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छे गाउँपालिकाको अध्यक्षमा एमालेका विक्रम गुरुङले अग्रता लिएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गुरुङलाई पछिपार्दै अग्रता लिएका हुन् । एमालेका विक्रम गुरुङले १ हजार ९२ मत प्राप्त गर्दा नेपाली काग्रेसका मिनबहादुरले १ हजार ६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सीता तिवारीले १ हजार २८ मत प्राप्त गरेकी छन् । नेपाली काग्रेसकी सीता अधिकारी १ हजार २७ मत प्राप्त गरेकी छन् । माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेकोमा १५… पुरा पढौ

पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट

पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिकाको मतगणना शनिबार २ बजेबाट शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरु सँगको छलफल पछि शनिबार २ बजेबाट गणना शुरु गर्ने निर्णय भएको हो । दुई बजे भन्दा पहिला दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापन गनुपर्ने निर्णय भएको छ । त्यस अगाडी साढे १ बजे सम्म वडा गतरुपमा मतपेटिका मिलाउने सहमती भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार… पुरा पढौ

पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी

पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी
पोखरा, ३० बैशाख/ पोखरामा करिब ६९ प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजारले मतदान गरेका हुन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकामा ६८ प्रतिशत, माछापुच्छ्रेमा ७४ प्रतिशत मत खसेको छ । अन्नपुर्ण… पुरा पढौ

पोखरामा करिब ३५ प्रतिशत मतदान

कास्कीमा मतदानमा उत्साह
पोखरा, ३० बैशाख/ स्थानीय तहकाको लागि आज भइरहेको मतदानमा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ । पोखरामा उत्साह जनक रुपमा मतदान भईरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिए । बिहान ७ बजे देखी ११ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको न्यौपानेले बताए । अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको उनले बताए । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरी सकेको उनले बताए । अघिल्लो स्थानीय… पुरा पढौ

कास्कीमा मतदानमा उत्साह, मयेरको उमेद्वारले गरे मतदान

कास्कीमा मतदानमा उत्साह
पोखरा, ३० बैशाख/ स्थानीय तह अन्तर्गतको मतदान कास्कीको मतदानमा उत्साह देखिएको छ । केहीबेरअघि बाट मतदान सुरु भएको हो । मतदान गर्नका लागि लामो लाइन लागेको छ । पोखराको मेयरका उम्मेद्वारमध्ये गठबन्धनबाट धनराज आचार्यले पोखरा ३३ शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । अर्का उम्मेद्वार कृष्ण थापाले पोखरा १६ को बाटुलेचौर स्थित विन्ध्यावासिनी माविबाट मतदान गरेका छन् । यस्तै, उपमेयरतर्फ एमालेकी मन्जुदेवी गुरुङले पोखरा ८ स्थित राम आधारभुत मतदान केन्द्रबाट र कांग्रेसकी कोपिला रानाभाटले पोखरा २६ स्थित भवानी कालिका… पुरा पढौ

कास्कीमा मतदान केन्द्र र गणनास्थल तयार, पानी छेक्न त्रिपाल

कास्कीमा मतदान केन्द्र र गणनास्थल तयार, पानी छेक्न त्रिपाल
पोखरा, २९ बैशाख/ कास्कीका ५ वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिए । देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यसपटक २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । कास्की जिल्लाभर २ लाख ८१ हजार ८ सय ३३ जनाको नाम मतदाता नामावलीमा छ । कास्कीमा १ सय ५० वटा मतदान स्थल छन् र ३ सय ३६… पुरा पढौ

कास्कीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ

कास्कीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ
पोखरा, २७ वैशाख/ स्थानीय तह निर्वाचनको लागि कास्कीमा कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्पm लागेका छन् । कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थल तर्फ लागेका हुन् । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।कर्मचारीहरु बुधबार सम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निर्वाचन सामग्री लिनका लागि… पुरा पढौ