
पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपाकिलाका ४ वटा वडामा मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को गणना शुरु भएको हो । यहाँको मतगणना ८ ठाउँबाट भएको छ ।
पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो ।
कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण, माछापुच्छे, मादी गाउँपालिकामा मतगणना चलिरहेको छ । अन्नपुर्ण गाउँपालिकामा २० लाख ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेका छन् । यस मध्ये १५ हजार १ सय ५० जनाले मतदान गरे ।
मादी गाउँपालिकामा १८ हजार ७ सय ८२ मतदातामा १३ हजार ७ सय ६३ जनाले मतदान गरेका छन् । रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ जनाले मतदान गरेका छन् ।