कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेका विक्रम गुरुङको अग्रता

-


     क्लिक गण्डकी     
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


निर्वाचन चुनाब

निर्वाचन चुनाब

पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छे गाउँपालिकाको अध्यक्षमा एमालेका विक्रम गुरुङले अग्रता लिएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गुरुङलाई पछिपार्दै अग्रता लिएका हुन् ।

एमालेका विक्रम गुरुङले १ हजार ९२ मत प्राप्त गर्दा नेपाली काग्रेसका मिनबहादुरले १ हजार ६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सीता तिवारीले १ हजार २८ मत प्राप्त गरेकी छन् । नेपाली काग्रेसकी सीता अधिकारी १ हजार २७ मत प्राप्त गरेकी छन् ।

माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेकोमा १५ हजार १ सय ५० जनाले मतदान गरेका छन् । अहिले पनि मतगणना जारी छ ।



Tags: , , , ,