पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट

-


     क्लिक गण्डकी     
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट

पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट

पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिकाको मतगणना शनिबार २ बजेबाट शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरु सँगको छलफल पछि शनिबार २ बजेबाट गणना शुरु गर्ने निर्णय भएको हो ।

दुई बजे भन्दा पहिला दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापन गनुपर्ने निर्णय भएको छ । त्यस अगाडी साढे १ बजे सम्म वडा गतरुपमा मतपेटिका मिलाउने सहमती भएको छ ।

पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो ।

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

कास्कीको रुपा गाउँपालिकामा मतगणना चलिरहेको छ भने अन्नपुर्ण, माछापुच्छे, मादीको मतगणनाको तयारी भएको छ । अन्नपुर्ण गाउँपालिकामा २० लाख ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेका छन् ।

यस मध्ये १५ हजार १ सय ५० जनाले मतदान गरे । मादी गाउँपालिकामा १८ हजार ७ सय ८२ मतदातामा १३ हजार ७ सय ६३ जनाले मतदान गरेका छन् । रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ जनाले मतदान गरेका छन् ।

अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेको थियो । अहिले अझै कडा प्रतिश्पर्धा हुने बताइएको छ ।



Tags: , ,