पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी

-


     क्लिक गण्डकी     
     वैशाख ३० गते २०७९ मा प्रकाशित


पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी

पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी

पोखरा, ३० बैशाख/ पोखरामा करिब ६९ प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजारले मतदान गरेका हुन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो ।

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकामा ६८ प्रतिशत, माछापुच्छ्रेमा ७४ प्रतिशत मत खसेको छ । अन्नपुर्ण गाउँपालिकामा २० लाख ३ सय ४८ मतदाता रहेकोमा १३ हजार ९ सय २ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेका छन् । यस मध्ये १५ हजार १ सय ८० जनाले मतदान गरे । मादी गाउँपालिका र रुपा गाउँपालिकाको विवरण आउने बाँकी छ ।

अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेको थियो । अहिले अझै कडा प्रतिश्पर्धा हुने बताइएको छ ।

मतपेटिका आउने क्रम जारी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार विहानबाट मात्रै मतगणना सुरु हुनेछ ।



Tags: , ,

Krishna Pathak

This will close in 10 seconds