कास्कीमा मतदानमा उत्साह, मयेरको उमेद्वारले गरे मतदान

-


     क्लिक गण्डकी     
     वैशाख ३० गते २०७९ मा प्रकाशित


कास्कीमा मतदानमा उत्साह

कास्कीमा मतदानमा उत्साह

पोखरा, ३० बैशाख/ स्थानीय तह अन्तर्गतको मतदान कास्कीको मतदानमा उत्साह देखिएको छ । केहीबेरअघि बाट मतदान सुरु भएको हो । मतदान गर्नका लागि लामो लाइन लागेको छ । पोखराको मेयरका उम्मेद्वारमध्ये गठबन्धनबाट धनराज आचार्यले पोखरा ३३ शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । अर्का उम्मेद्वार कृष्ण थापाले पोखरा १६ को बाटुलेचौर स्थित विन्ध्यावासिनी माविबाट मतदान गरेका छन् ।

यस्तै, उपमेयरतर्फ एमालेकी मन्जुदेवी गुरुङले पोखरा ८ स्थित राम आधारभुत मतदान केन्द्रबाट र कांग्रेसकी कोपिला रानाभाटले पोखरा २६ स्थित भवानी कालिका माविको केन्द्रबाट मतदान गरेकी हुन् । अटेरीबाट मेयरका उम्मेद्वार गनेस पौडेलले पोखरा १४ को मझेरीपाटन स्थित रामेश्वरी मावि मतदान केन्द्रमा मतदान गरेका छन् । विहान देखी नै उत्साह सहित मतदानमा भाग लिएको पोखरा ६ तालबाराही मावि क का मतदान अधिकृत मनहर कडरीयाले बताए ।


पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् । सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन् । वडा नम्बर ९ मा १ जना तेश्रो लिंगी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन् । कास्कीमा महानगर सहित ५ पालिकाको निर्वाचन हुँदैन ।

१ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ ।



Tags: , ,