पोखरा ७ मा एमालेको घरदैलोमा पुगेर भोट माग्दै
पोखरा, २० वैशाख / नेकपा एमाले निर्वाचन परिचालन कमिटी पोखरा ७ ले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । घरदैलो कार्यक्रम अन्तर्गत मंगलबार रत्नचोक, ढाडक्षेत्र, अन्नपूर्णटोल, एयरपोर्ट, मस्ताङ्खचोकमा कार्यक्रम गरिएको हो । विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेपछि माछापुच्छ«ेटोलमा आएर कोणसभा सम्पन्न गरिएको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा संविधानसभा सदस्य सीता गिरीले दाजुभाई बन्धुत्व भनेर मत खेर नफाल्न आग्रह गर्नुभयो । अहिले लडाई गठबन्धन र एमालेको भएकोले केन्द्रदेखि स्थानिय तहसम्म एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो । प्रतिगमनहरु एकैठाउँमा उभिएर अग्रगमनमलाई पराजित गर्न उकासिएको भन्दै गिरीले प्रतिगमनहरुको यो योजनालाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा वडा नं। ७ का वडाध्यक्षका प्रत्यासी किशोर बरालले मतदाताको मतलाई सदुपयोग गर्ने जनाउँदै मतदाताको विश्वासलाई कहिलै चुक्न नदिने प्रतिवद्धता जनाउनुभयो । सूर्य चिन्ह्र जस्तै नेकपा एमालेको योजना पनि छलङ्र्ख भएकोले आफ्नो अमुल्य मत दिएर जनप्रतिनिधि चुन्ने दायित्व आफूले मतदातामा छाडेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सहइन्चार्ज बमबहादुर घताने र निर्वाचन जिल्ला कमिटी सदस्य ओम गौचनले पनि बोल्नुभएको थियो ।
घरदैलोमा उम्मेदवारहरुसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थिती रहेको थियो । घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जीतको शुभकामना दिए । भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
पोखरा–७ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा किशोर बराल, खुला महिला सदस्यमा बसुन्धारा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुला सदस्यमा अर्जुन थापा र विष्णुमणि बराल रहेका छन् ।
भोलि बुधबार विहान ७ बजे निर्वाचन परिचालन कमिटीको कार्यालयवाट घरदैलो कार्यक्रम सुरु गर्ने र मासवार क्षेत्रमा कार्यक्रम केन्द्रित गर्ने वडाध्यक्षका प्रत्यासी बरालले जानकारी दिनुभयो ।