केपी शर्मा ओली
पोखरा, २६ बैशाख/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा सत्ता गठबन्धका पाँच दललाई बादरको संज्ञा दिएका छन् । नेकपा एमाले पोखरा नगरकमिटिले आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै उनले ओलीले भने, ‘पशुपतिको मन्दिरमा पुग्नुअगाडि फूलपातीको टोकरी बाँदरले खोसेर लान्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ एकैचोटी ५ वटा बाँदर आउने बताए ।
उनले गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्नसक्ने बताए । ‘गठबन्धनल भोटले जित्ने होइन । अघिल्लो पलट भरतपुरमा हामीले देखेका छौं । हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् ।,’ ओली भने, ‘त्यसैले हामी मतदान दिन देखि मतगणना नसकिँदासम्म नसुती बस्नु पर्दछ, आँखा झिमिक्क पनि गर्नु हुँदैन ।’ गठबन्धन भोटले नभई धाँधली र मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्ने उनको आरोप छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रति पनि उनले प्रहार गरे । ‘एमालेको १५ वर्ष प्रमुख भएर रस चुसेर । एमालेको काँधमा चढेर प्रधानमन्त्री भएका एकजना भन्दै थिए, एमाले सिध्याउनै पर्छ । कांग्रेसलाई धम्क्याउँदै भन्दै थिए, घमण्ड नगरोस् नत्र केपी ओली जस्तै समाप्त होला । उनले को समापत हुने हो त्यो रेकर्ड बैशाख ३० पछि थाहा हुने बताए ।
अध्यक्ष ओलीले सत्तारुढ गठबबन्धन झाडीमा जन्मिएको टिप्पणी समेत गरे । उनले गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै ओलीले कांग्रेसको बेहाल भइरहेको टिप्पणी गरे ।
नेता ओलीले गणेशमान र कृष्णप्रसाद भट्टराईले कांग्रेस छाडेको स्मरण गर्दै कांग्रेसका धेरै कार्यकर्ताको हालत त्यस्तै भएको बताए । सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई, पोखराका मेयरका उमेद्वार कृष्ण थापा, उपमेयरकी उमेद्वार मन्जुदेवी गुरुङ लगायतका सम्बोधन गरेका थिए ।