धनराजलाई समर्थन गर्दै कांग्रेसका ‘बागी’ उम्मेदवार विमलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

-


     क्लिक गण्डकी     
     वैशाख २६ गते २०७९ मा प्रकाशित


धनराजलाई समर्थन गर्दै कांग्रेसका ‘बागी’ उम्मेदवार विमलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

धनराजलाई समर्थन गर्दै कांग्रेसका ‘बागी’ उम्मेदवार विमलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

पोखरा, २६ बैशाख/ पार्टीको नीति प्रति असहमती जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा‘ बागी’उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् ।

कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निश्क्रिय भएको बताएका छन् । ‘साथीभाईको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु ।’ प्रेस विज्ञप्तीमा उनले भनेका छन्–‘मेरो उम्मेदवारी आजैदेखि निश्क्रिय भएको छ ।’

यसैबीच नेपाली काँग्रेस कास्कीले पनि नेता विमलबहादुर कार्कीलाई धन्यबाद ज्ञापन गरेको छ । पार्टी भित्र असन्तुष्टी भएपनि आन्तरिक रुपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरि कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुशी भएको काँग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताए । ‘बिमलबहादुर कार्की ज्यूले पार्टीलाई सघाउने काम गर्नु भएको छ । र, यो उदाहरणीय कामपनि हो ।’ कास्की काँग्रेस सभापति बरालले भने ।

गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारणभोट काटिने चिन्तापनि अब हटेको कास्की काँग्रेसले बताएको छ । पोखरा १४ स्थानीय घर भएका काँग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि पोखरा महानगरको निर्वाचन जित्न गठबन्धनलाई अझै बढि सजिलो भएको नेपाली काँग्रेस कास्कीको बुझाई छ ।



Tags: , ,