पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा

-


     क्लिक गण्डकी     
     वैशाख २५ गते २०७९ मा प्रकाशित


पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा

पोखरामा गठबन्धनको आमसभा, ओली प्रजातन्त्रको खिलापमा छन्ः देउवा

पोखरा, २५ वैशाख/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्रको खिलापमा रहेको अरोप लगाएका छन् ।

पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीजी प्रजातन्त्रको पक्षमा रहेको बताए । ओलीको आतङकलाई रोक्नका लागि गठबन्धन बनेको देउवाले बताए । प्रधानमन्त्री समेत रहेका देउवाले संसदमा विरोध गर्दा भंग गर्ने र नयाँ सरकार बनेपछि संसदमा विरोधमात्रै गर्ने गरेको बताए ।

संविधानअनुसार भंग गर्नै नमिल्ने भएकाले आफूहरु अदालत गएर संसद फिर्ता ल्याएको देउवाले बताए । गठबन्धन अन्य दललाई भन्दा बढी आवश्यक कांग्रेसलाई नै रहेको उनको भनाई थियो ।

‘गठबन्धन अघि हाम्रो अवस्था कस्तो थियो,’ देउवाले भने, ‘आज गण्डकी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री छ, प्रचण्ड र माधवजी उदार भएर कांग्रेसलाई सरकारमा ल्याएको छ ।’ देउवाले पोखराको मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटलाई जिताएर गठबन्धन जोगाउन आग्रह गरे ।

कार्यक्रममा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका विरुद्ध एउटा ठुलो षडेन्त्र भएका कारण आफुहरुले गठबन्ध गर्नु परेको बताए । दाहालले सविधानका विरुद्ध हुदैगरको षडेन्त्रबाट जोगाउन एउटा गठबन्धन बनेको र एका विरुद्ध राजाबादीहरुको गठबन्ध बनेको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताए । अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए । तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको उनले बताए ।

कार्यक्रममा नेपाली काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, काग्रेसका नेता धनराज गुरुङ, पोखराका मेयरका उमेद्वार धनराज आचार्य, उपमेयरकी उमेद्वार कोपिला रानाभाट लगाएतले सम्बोधन गरेका थिए ।



Tags: , , , , ,