भिजन नहुँदा पोखरा बिग्रियो, हामी सपार्छाैंः आचार्य

-


     क्लिक गण्डकी     
     वैशाख २७ गते २०७९ मा प्रकाशित


भिजन नहुँदा पोखरा बिग्रियो, हामी सपार्छाैंः आचार्य

भिजन नहुँदा पोखरा बिग्रियो, हामी सपार्छाैंः आचार्य

पोखरा, २७ वैशाख/ देशकै ठूलो र पर्यटकीय महानगर पोखरा । गण्डकीको राजधानी, सुन्दर सहर । यस्ता अनेक अपेक्षा गरी पोखरा भित्रिने नयाँ पाहुनाको आँखामा पोखरा प्रवेश गर्ने बित्तिकै बिझाउँछन्ः धूले सडक, अव्यवस्थित बसोबास, ट्राफिक जाम, हिमाल छेकिने अग्ला महल । सुन्दर फेवाताल हेर्न पुग्नेहरुको मन कुडिन्छ, जब उनीहरु देख्छन् तालछेउमा फोहोर र मापदण्ड मिचिएका घर ।

यहाँका सबैजसो ताल अतिक्रमणको चपेटामा छन् । सहरबीचबाट बग्ने सेती अतिक्रमणको चपेटामा छ । यस्ता अनेक समस्या महानगरकै नेतृत्वमा इच्छाशक्ति नहुँदा आएका हुन् । सत्ता गठबन्धनका उम्मेदवारले यस्ता समस्या समाधान गर्ने वाचा गरेका छन् ।

गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्य पोखरालाई सुविधा सम्पन्न र आधुनिक सहर बनाउने बताउँछन् । पोखरा १३ मा मंगलबार भएको सभामा उनले भने, ‘पोखरा महानगरलाई अहिलेसम्मका नेतृत्व बिग्रर्नसम्म बिगारे । अब हामी थप बिग्रन दिँदैनौं ।’

महानगरसँग कस्ता घर बनाउने, कस्तो सडक चाहिने, जग्गाको उपयोग कसरी गर्ने भन्ने मापदण्ड नरहेको दाबी गर्दै उनले नेतृत्वले दूरदृष्टि पु¥याउन नसक्दा महानगर कुरुप भएको दाबी गरे । यहाँका ६० प्रतिशतभन्दा बढीले सम्पन्नता प्रमाणपत्र नलिएको उल्लेख गर्दै त्यसबाट गुमेको ठूलो राजस्व लिने वातावरण बनाइने उल्लेख गरे ।

उनी भन्छन्, ‘कुन ठाउँमा कस्ता भवन, कस्तो सडक, कस्ता पूर्वाधार भन्ने योजना बनाउँछौं र अन्तर्राष्ट्रिय सहर बनाउँछौं ।’ उनले एमाले नेतृत्वको सरकारले जनमतलाई अपमान गरेपछि संघमा गठबन्धन बनेको उल्लेख गरे । उनले भने, ‘गठबन्धन अहिलेका लागि मात्रै होइन । चुनावपछि गठबन्धनको सरकार बन्छ । समृद्धिको सपना साकार हामी पाछौंं ।’

गठबन्धनकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले नेतृत्वमा सहर बनाउने दृष्टिकोण नहुँदा पोखरा कुरुप बन्दै गएको बताइन् । उनले पोखरा १३ को आर्वाको महाप्रभुधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा गर्ने सुनाइन् । विजयपुर खोला र घट्टे खोलामा तटबन्ध गरी कृषि उत्पादन बढाउने, कमलपोखरी ताललाई थप व्यवस्थापन गर्न आवश्यक पूर्वाधार बनाउने उनले आश्वासन दिइन् ।

पोखरा महानगरका तालहरुको संरक्षण, भूउपयोगको नीति, सेती नदी संरक्षण, सडक स्तरोन्नति, खुला बिजुली तार व्यवस्थापन, ट्राफिक व्यवस्थापन, एकै ठाँउबाट सबै सेवा दिएर महानगरको मुहार फेर्ने गठबन्धनको प्रतिवद्धता छ ।



Tags: , ,