पुलको उद्घाटन नभई हेर्न गएको हो पोखरा महानगरका मेयर- जिसी

-


     क्लिक गण्डकी     
     वैशाख २७ गते २०७९ मा प्रकाशित


मानबहादुर जिसी

मानबहादुर जिसी

पोखरा, २७ बैशाख/ पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै परेको उजुरीबारे जिसीले स्पष्टीकरण दिएका छन् ।

मेयर जिसीले मंगलबार पोखरा वडा ४ र ५ जोड्ने फिर्के पुल उद्घाटन गरेकोमा निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले मेयर जिसीलाई मंगलबार नै स्पष्टीकरण सोधेकोमा उनले पुल उद्घाटनमा सहभागी नभइ मध्यभागमा उपस्थिति मात्रै भएको लिखित स्पष्टीकरण निर्वाचन कार्यलयमा पेस गरेका छन् ।

स्पष्टीकरणमा भनिएको छ, ‘वडा नम्बर ४ र ५ जोड्ने फिर्के खोलाको पुल निर्माणको अवस्था, अवलोकनको सिलसिलामा म त्यहाँ पुग्दा निर्माण करिब सम्पन्न भएको र स्थानीवासीले लामो समय पुल निर्माणका क्रममा बाटो अवरुद्ध भएको भनी जानकारी गराउँदै पुलमार्फत आवागमन गर्न आग्रह गरेपछि सो पुल महानगरको नै योजनामा भएको तत्कालै पुल संचालनमा ल्याउन पुल उद्घाटनमा सहभागी नभइ मध्यभागमा उपस्थिति भएको हो । यस कार्यबाट मतदाता प्रभावित पार्ने कुनै मनसाय नभएको स्पष्टीकरणमा जानकारी गराईएको छ ।

यता निर्वाचन आचारसंहिता २०७८ लाई लत्याउँदै मेयर जिसी, दुई वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल सोमबार पुल उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।उनले सोमबार पोखरा ४ र ५ जोड्ने फिर्के खोलामाथिको मोटरेबल पुल उद्घाटन गरेका हुन् ।

यस अगाडी गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोख्रेरलाई पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्पष्टी करण सोधेका थियो । कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले निर्वाचन सन्दर्भमा विभिन्न ठाउँबाट आएको उजुरी छानबिन गर्दा भेटिएका सामग्री आफूले नियन्त्रणमा लिएको बताए ।



Tags: ,