समाचार

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा
लेखनाथ, २० पुस/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको… पुरा पढौ

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशन माघ अन्तिम साता

पोखरा, २० पुस/ नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको माघको अन्तिम साता हुने भएको छ । माघ २६ र २७ गते पोखरामा प्रथम गण्डकी प्रदेश अधिवेशन हुने शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यस अघि पुस १९ र २० गतेको लागि तोकिएको महाधिवेसनको मिति सार्दै नयाँ मिति तोकिएको हो । अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर… पुरा पढौ

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला

दीपेन्द्र कोइराला
पोखरा, १९ पुस/ पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको… पुरा पढौ

बुद्ध एयरको अनाहकमा ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई

बुद्ध एयरको अनाहकमा ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई
पोखरा, १९ पुस/ बुद्ध एयरले पोखरामा रहेको पोखरा वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । त्यसै गरी जनकपुरस्थित महागंगा आरती गंगासागरलाई पनि १ लाख सहयोग गरेको बुद्ध एयरले जनाएको छ । उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकमलाई दुई संस्थालाई सहयोग गरिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि रकम हस्तान्तरण गरे । यस्तै, बुद्धका जनकपुर स्टेशन प्रमुख विजयप्रसाद सिंहले… पुरा पढौ

मुगुमा भूकम्पको धक्का

भूकम्प
मुगु, १९ पुस/ शुक्रबार बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ८ बजेर ३ मिनेट जादाँ ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातारजसो भूकम्प गइरहेको छ । पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी मुद्दाः जाहेरवाला तर्फका वकिल गरे बहस

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, १८ पुस/ सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार पनि थुनछेक बहस भयो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरे । वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारी, अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ । जाहेरवालाको तर्फबाट केही वकिलहरुले आइतबार बहस गर्ने छन् । त्यसलगत्तै प्रतिवादीको तर्फका वकिलले बहस गर्ने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । यसअघि पहिलो र दोस्रो दिन… पुरा पढौ

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा
पोखरा,१७ /  प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन पुस २७ गते पोखरामा हुनु भएको छ ।प्रेस सेन्टर कास्कीको आज बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो ।  जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारी समेत तय गरेको छ । प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ । त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ । कास्कीको अधिवेशन सम्पन्न… पुरा पढौ

राम्चेली गडाभाई तमु समाज पोखराले मनायो ल्होसार, अध्यक्षमा औ बहादुर गुरुङ चयन

राम्चेली गडाभाई तमु समाज पोखराले मनायो ल्होसार, अध्यक्षमा औ बहादुर गुरुङ चयन
पोखरा, १६ पुस/ स्याङजाको वालिङ नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था श्री स्याङजा राम्चेली गडाभाई तमु समाज पोखराको अध्यक्षमा औ बहादुर गुरुङ चयन हुनुभएको छ । समाजको पोखरा भमरकोट पार्टी प्यालेसमा सम्पन्न १८ औँ साधारणसभा तथा छेठौँ अधिवेशनले औ बहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष दुर माया गुरुङ, द्वितीय उपाध्यक्षमा बल बहादुर गुरुङ, सचिवमा रुपसीँ गुरुङ, सह सचीव सुवेदार भिम बहादुर गुरुङ र निर्मला गुरुङ चयन रहनुभएको छ… पुरा पढौ

शंकरमान उदासको निधन

शंकरमान उदासको निधन
पोखरा, १५ पुस/ पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका शंकरमान उदासको निधन भएको छ । उनको ६२ बर्षको उमेरमा गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । उनको निधनले शारिरिक सुगठन खेलमा अपुर्णिय क्षतिभएको छ । उनले पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका थिए । पोखरा व्यायामशालामा जिमका सामान राखेर शुरु गरे । त्यसपछि उनले रत्नश्री जिमबाट ब्यबसायिक रूपमा जिमको थालनी गरेका हुन् । उदास शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक समेत हुन् । उनको तुलसीघाटमा अन्त्यष्टि गरिएको छ । उनका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि
पोखरा, १५ पुस/ पोखरा सम्पन्न अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधिमा चिनियाँ टोलीले जीतेका छन् । दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनिया टिमहरूले उपाधि कब्जा जमाएका हुन् । पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधि संगै उसले नगद १० हजार डलर हात पारेको छ । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो भयो भने लिआओचिङ यूनिभर्सिटी टिम तेस्रो भयो । यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ… पुरा पढौ