
पोखराको पुम्दिभुम्दिमा बस दुर्घटना, २८ जना घाइते, २ जनाको अवस्था गम्भीर
पोखरा, ३१ बैशाख/ पोखरा २२ शान्तिस्तुप नजिकै दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् जनमा २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए ।
तीमध्ये एक जना चरक अस्पताल र बाँकी गण्डकी मेडिकल कलेज ल्याइएको थियो । छत्तिसगढबाट आएका पर्यटकहरू पोखरा भ्रमणका लागि आएका थिए र दुर्घटना घुम्तीमा गतिको कारण भएको प्रहरीको अनुमान छ ।
दुर्घटनामा ६५ रेखा साहु र ६१ कोमलराम साहु गम्भीर रहेको, बाँकीको अवस्था सामान्य रहेकाले होटलमै पठाएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए । उनीहरू बुधबार बिहान २ वटा बस रिजर्भ गरि पोखरा–२२ पुम्दीभुम्दीस्थित विशाल महादेशको मूर्ती दर्शन गर्न पुगे र फर्किने क्रममा दुर्घटनामा परेको हो ।
२ बसमध्ये अघिल्लो बस छोरेपाटनदेखि केही माथि घुम्तीमा गति तीव्र हुन पुगेको र घुम्ती नकटी सिधैं खसेको उनले बताए ।





