समाचार

रवि लामिछाने सहितका ४ जनालाई १० दिन हिरासत राख्न अदालतको अनुमति

जिल्ला अदालत कास्की
पोखरा, २० कात्तिक/ सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितका ४ जनालाई थप अनुसन्धान गर्न अदालतले १० दिन म्याद थपेको छ । लामिछाने, सहित गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई म्याद थप गरेको हो । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी १० दिन म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि… पुरा पढौ

रास्वपा सभापति लामिछानेलाई म्याद थपका गर्न अदालत लगिँदै, रास्वपाले पोखरामा प्रर्दशन गर्ने

सरकारी वकिलको कार्यालयमा
पोखरा, २० कात्तिक/ रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की प्रहरीले जिल्ला अदालत कास्की आज लैजादै छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई कास्की अदालतमा प्रस्तुत लाग्नेको हो । लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा पक्राउ गरेको हो । लामिछानेलाई सुरुमा ६ दिन… पुरा पढौ

अमेरिकन डीभी भर्ने समय थपियो

आज रातिदेखि डीभी फारम खुला
पोखरा, २० कात्तिक/ अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ । नेपाल स्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको एक सूचनामार्फत जानकारी गराएको हो । आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ । जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने, पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने जनाएको छ ।… पुरा पढौ

इन्टरपोलबाट ५ करोड ठगि गर्नेलाई पक्राउ गरी नेपाल ल्यायो

इन्टरपोलबाट ५ करोड ठगि गर्नेलाई पक्राउ गरी नेपाल ल्यायो
पोखरा, १९ कात्तिक/ वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेकी छिन् । NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार नेपाल ल्याइएको हो । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका १० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको… पुरा पढौ

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका
पोखरा, १८ कात्तिक / तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण… पुरा पढौ

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान
पोखरा, १६ कात्तिक / नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो । प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय… पुरा पढौ

पोखरामा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा

पोखरामा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा
पोखरा, १६ कात्तिक/ जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको छ । सवारी साधन चेकजाँच गर्दा अवस्था ठिक नरहेको, चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई ट्राफिक कारवाही गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि… पुरा पढौ

पोखरा महानगरपालिकाका करारका कर्मचारीलाई बिदा गर्ने पोखरा महानगरको निर्णय

पोखरा महानगरपालिका
पोखरा, १५ कात्तिक/ पोखरा महानगरपालिकाले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको छ । महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको हो । यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो । बैठकले सर्वसम्मत निर्णय गरेको छ । कांग्रेसले करार कर्मचारी ननिकाले ताला लगाउने चेतावनी दिएको थियो । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।… पुरा पढौ

पाताले छाँग्रोमा स्थानीयको ताला

पाताले छाँग्रोमा स्थानीयको ताला
पोखरा, १५ कात्तिक/ पोखरा १७ छोरेपाटनमा रहेको पाताले छाँग्रो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन् । पोखरामा महानगरपालिकाले पाताले छाँग्राको आम्दानी आफुले राख्ने गरेर बिहीबारबाट काम थालेपछि स्थानीयले ताला लगाएका हुन् । उनीहरुले पर्यटकहरु प्रबेश गर्ने मुल गेटमा नै तीन वटा ताला लगाएका छन् । बिहीबार बिहान नगद प्रहरी र स्थानीय बिच केही बेर झडप पनि भएको छ । विद्यालय र स्थानीयले विद्यालयले भोचलन गर्दै आएको त्यस क्षेत्रहरुलाई ठक्कामा लगाउन नपाइने बताउदै आएका छन् । महानगरले… पुरा पढौ

गण्डकीका सबैजसो मन्त्री सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको कति सम्पत्ति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
पोखरा, १४ कात्तिक/ गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरण अनुसार गण्डकीका सबैजसो मन्त्री धनी देखिन्छन् । उनीहरुको ठाउँठाउँमा घर र जग्गाका साथै प्रशस्त गरगहना उनीहरूसँग रहेको पाइएको छ । गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीका रूपमा सामाजिक विकासमन्त्री विन्दुकुमार थापा छन् । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीको पनि उत्तिकै सम्पत्ति छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सम्पत्तिका हिसाबले धनी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नाममा विभिन्न ठाउँमा जग्गा र घर छ । उनको पालुङटार–१ मा घर र… पुरा पढौ