हावाहुरीले फेवातालमा प्याडल डुंगा पल्टिए, नौ जनाको उद्धार

-


     क्लिक गण्डकी     
     वैशाख २५ गते २०८२ मा प्रकाशित


फेवातालमा हावाहुरीले डुङ्गा पल्टिदा डुबेकाको उद्धार गर्दै गर्दा तालकिनरबाट हेर्दै ।

फेवातालमा हावाहुरीले डुङ्गा पल्टिदा फाइल तस्बिर

पोखरा, २५ बैशाख/ पोखराको फेवातालमा भएको प्याडल डुंगा पल्टि पछि डुबेका नौ जनाको सकुशल उद्धार गरिएको छ ।

बिहीबार अपराह्न साढे चार बजेको समयमा एक्कासि आएको हावाहुरीको कारण तालमा रहेको डबल प्याडल बोट पल्टिँदा तालमा खसेकाहरूको सकुशल उद्धार गरिएको हो ।

दुर्घटनापछि डुंगामा यात्रा गरेकाहरूको फेवातालस्थित रेस्क्यु टावरमा खटिएका नेपाली सेना, शसस्त्र प्रहरी र डुंगा व्यवसायीले उद्धार गरेको डुंगा व्यवसायीहरुले बताएका छन् ।

उद्धार गरिएकाहरूमा ६ जना भारतीय र ३ जना नेपाली रहेका छन् । भारतको जयपुर बस्ने २५ वर्षकी सोनु बर्मा, २२ वर्षकी नेहा शेखावत, २१ वर्षका अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित र २४ वर्षीय श्याम प्रजापति रहेका छन् ।

यसैगरी पोखराका नन्दबहादुर गुरुङ, स्याङ्जा घर भएका बर्ष २६ सुरज बिक, पोखरा १७ छोरेपाटन घर भएका २८ बर्षिय लक्ष्मण बोगटी रहेका छन् ।