
भूकम्प
पोखरा, २२ चैत/ जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति तीन मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन केन्द्रले शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५ दशमलव २ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का पोखरामा पनि महशुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी छ ।