समाचार

शुक्लागण्डकी कोटिहोम शुरु, असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट

शुक्लागण्डकी कोटिहोम शुरु, असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
पोखरा, १७ मंसिर/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिनुभएको छ । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो । पोखरा वडा नम्बर १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ समुद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो । ‘स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न अनुशासन आवश्यक छ । अनुशासन धर्मले सिकाउँछ । धर्म, अध्यात्म र साधना भनेको हाम्रो… पुरा पढौ

गोरखा–५ को वडामा ३ सय मत गन्दा गर्दा कस्को कति ?

गण्डकी प्रदेश
पोखरा, १६ मंसिर/ स्थानीय तह उपनिर्वाचन अन्तरगत गोरखा नगरपालिका वडा नम्बर ५ को मतगणना अहिले जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका भाइकाजी आलेले १०२, माओवादीका विष्णु रानाले ९६ र एमालेकी दुर्गा मगर ७९ मत पाएका छन् । यसैगरी रास्वपाका मंगलबहादुर थापा १३ मत ल्याएका छन् । गणना जारी रहेको छ । पुरा पढौ

लायन्स क्लब डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी

लायन्स क्लब डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी
पोखरा, १६ मंसिर/ पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताएका छन् । लायन्स इनटरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक तथा सम्मान समारोहमा प्रा.डा. भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताए । उनले लायन्स भनेको पहिलो आफुलाई सामान्य संस्था जस्तो लागेपनि बुझ्दै जाँदा ठुलो संस्था रहेको बताए । उनले लायन्सले आखाँ उपाचार र समाज सेवामा ठुलो योगदान दिएको बताए । कार्यक्रममा डिष्ट्रिक गभर्नर सुमन भट्ट, निर्वतमान डिष्ट्रिक गभर्नर पमेश्वर बराल, पुर्व… पुरा पढौ

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १६ मंसिर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ १ सय ५९ र काठमाडौं, पोखरा र दीपायलमा १६० कायम भएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य बढेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ… पुरा पढौ

फेवातालको मापदण्डमा रिर्सोट बनाएको भन्दै वाटरफन्ट रिर्सोटको पर्खाल भत्काए

फेवातालको मापदण्डमा रिर्सोट बनाएको भन्दै वाटरफन्ट रिर्सोटको पर्खाल भत्काए
पोखरा, १५ मंसिर/ हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पोखराको लेकसाइडमा रहेको वाटरफन्ट रिर्सोटको पर्खाल भत्तकाएको छ । फेवाताल क्षेत्रको जग्गा अतिक्रमणका विरुद्ध शुरुवाती सांकेतिक कारबाही गरेको विज्ञप्तीमा उल्लेख छ । सर्वोच्च अदालतले २०७५ साल वैशाख १६ गते विभिन्न चरणमा भएका नापी, तथ्य, प्रमाण र विश्वराज लामिछाने नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन लगायतका आधारमा फेवातालको किनाराबाट ६५ मिटरसम्म मापदण्ड हुने र त्यो भित्र बनेका सबै संरचनाहरु हटाउन भएको आदेश कार्यान्वयन गर्नु पर्ने उनीहरुको माग छ । फेवातालको मापदण्डभित्र संरचना… पुरा पढौ

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु

ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
पोखरा, १५ मंसिर/ ट्रकको ठक्करबाट पोखराकी सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु भएको छ । पोखरा २५ हेम्जाको याम्दीमा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो । घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिएको… पुरा पढौ

पोखरामा जेव्रा क्रसबाट बाटो काट्दै गर्दा ट्रकले ठक्कर दियो, एकजना जनाको मृत्यु

दुर्घटना
पोखरा, १५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको आईचर ट्रकले जेव्रा क्रसबाट बाटो काट्दै गरेकी पूर्वी रूकुम घर भई हाल पोखरा २५ याम्दी बस्ने ५५ बर्षीय धन कुमारी बुढाको मृत्यु भएको छ । ठक्कर दिँदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । सवारी साधन र सवारी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका वडा… पुरा पढौ

बाला चतुर्दशीमा पञ्चासे सहितका मदिरमा भक्तजनको भिड्

पञ्चासे क्षेत्र
पोखरा, १५ मंसिर/ आज बाला चतुर्दशी पर्वको पञ्चासेमा भक्तजनका भिड् लागेको छ । कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा बाला चर्तुदशीमा दर्शनार्थीको भीड लागेको हो । पवित्र धामको रुपमा मानिने पञ्चासेमा वर्षेनी बालाचर्तुदशीमा सतविज छर्ने दर्शनार्थीको ठुलो भिड् लाग्ने गर्दछ । विशेष गरि बाला चर्तुदशीमा स्याङजा, कास्की, पर्वत, तनहुँ लगायतका छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरु सतविज छर्न पञ्चासे पुग्ने गर्छन् । धार्मिक स्थलका रुपमा प्रख्यात पञ्चासे मन्दिर पुग्न उकालो पैदलमार्ग जानुपर्ने हुन्छ । २,५१७ मिटर उचाइमा रहेको पञ्चासे क्षेत्र धार्मिक पर्यटनका… पुरा पढौ

पोखरामा मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

पोखरामा मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ
पोखरा, १४ मंसिर/ पोखरामा मोटरसाइकल चोरी गर्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंसिर ५ गते पोखराको चिप्लेढुंगामा पार्किङ गरी राखेको ग२३ प ९२०८ नम्बरको डुक मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १७ डेभिजफल बस्ने २२ बर्षिया बिजय थापालाई पक्राउ गरेको हो । ‘बिजय थापा’ नाम गरेको फेसबुक आईडिमा मोटरसाइकलका पार्टपुर्जा बिक्रीको लागि राखेको भेटिएको पछि प्रहरीले मंसिर १२ गते पक्राउ गरेको हो । सोधपुछ… पुरा पढौ

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण
पोखरा, १४ मंसिर/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा। महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल… पुरा पढौ