
भूकम्प
पोखरा, ६ जेठ/ पोखराको शिशुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको जनाएको छ । दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।





