
देवकृष्ण पराजुली
पोखरा, २४ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।
व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो ।
वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए ।
पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेका थिए । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका लेखनाथ सुवेदीमाथि हातपात गरेको आरोप छ ।