समाचार

पोखरा १४ र २६ जोड्ने सडक निर्माण शुरु

पोखरा १४ र २६ जोड्ने सडक निर्माण शुरु
पोखरा, ५ फागुन/ पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबार शुभारंभ भएको छ । दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की र २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा निर्माण कार्यको शुभारंभ गरेका हुन । निर्माण शुभारंभ पछि बोल्दै वडा नंं २६ का अध्यक्ष थापाले डहरेको साँघु देखी वडा नं. २६ को क्षेत्रमा गत बर्ष सडक कालोपत्रे भएपनि १४ तर्फ सडक नवन्दा यात्रुले सास्ती खेप्नु… पुरा पढौ

पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
पोखरा, ३ फागुन/ पोखरा पर्यटन वर्ष २०२५ घोषणा समारोहमा बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । प्रमुख अथिति अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवैजना सामान्य चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । उनीको अहिले पोखरा गण्डकी मेडिकल अस्पतालमा उपचार भएको छ । धेरैवटा बेलुन बत्तीको झिल्का नजिकै राख्दा तातोका… पुरा पढौ

कार्यसम्पादन मूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट

पोखरा महानगरपालिका
पोखरा, २ फागुन/ पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको कार्यसम्पादन मूल्यांकन (लिजा) मा उत्कृष्ट बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन स्वमूल्यांकनमा पोखरा उत्कृष्ट बन्न सफल भएको हो । ९३ दशमलब ५ प्रतिशत अंक सहित पोखरा र ललितपुर महानगर पालिका पहिलो स्थानमा छन् । विराटनगर र भरतपुर महानगरपालिका ८९ दशमलब ७५ प्रतिशत अंक, काठमाडौं महानगरपालिका ८२ दशमलब ७५ प्रतिशत अंक र विरगन्ज महानगरपालिका ६८ दशमलब ५ प्रतिशत अंक ल्याएका छन् । महानगर कार्यपालिका,… पुरा पढौ

मुग्लिङ–नारायणगढ सडक खण्डमा मोटरसाइकल ठोक्किदा चालक त्रिशुलीमा बेपत्ता

मुग्लिङ–नारायणगढ सडक खण्डमा मोटरसाइकल ठोक्किदा चालक त्रिशुलीमा बेपत्ता
पोखरा, २ फागुन/ मुग्लिङ–नारायणगढ सडक खण्डको २ किलोमा मोटरसाइकल ठोक्किएर पल्टिदा मोटरसाइकल चालक बेपत्ता भएका छन् । मोटरसाइकल ठोकिएपछि चालक त्रिशुलीमा खसेका छन् । उनको अहिले स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । झोलामा रोहित राना नाम रहेको बिलबुक भेटिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी । पुरा पढौ

कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश

पोखरा महानगरपालिका
पोखरा, १ फागुन/ उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनले गर्ने भनेको कोटीहोम नरोक्न पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ । मानव सेवा फाउण्डेसनले कोटीहोममा महानगरले अवरोध गरेको भन्दै रिट निवेदन दिएको थियो । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने कारण सहित १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको हो । अधिवक्ताहरु ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए । फाउण्डेसनले महायज्ञका लागि नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको ४८ रोपनी जग्गा भाडामा लिएको छ ।… पुरा पढौ

पोखरा भ्रमण वर्ष २०२५ को कार्यसम्पादन समितिको संयोजकमा गोपी भट्टराई

गोपी भट्टराई
पोखरा, १ फागुन/ पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष २०२५ को सफल कार्यान्वयनका लागि गठित कार्यसम्पादन समितिका संयोजक पर्यटन व्यवसायी गोपी भट्टराई र सहसंयोजक दामोदर भक्त थापा चयन भएका छन् । समितिका सम्पूर्ण १९ जना सदस्यहरू रहेका छन् । यो समितिले पोखराको पर्यटन प्रवर्द्धनलाई अझ गतिशील बनाउँदै ‘पर्यटनको राजधानी’ को रूपमा पोखराको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास महानगरको छ । पुरा पढौ

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा मणिराज लामिछाने

मणिराज लामिछाने
पोखरा, १ फागुन/ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दोस्रो पटक मणिराज लामिछानेले प्राप्त गरेका छन् । यसअघि उनी २०७५ सालमा प्रादेशिक संरचनामा जाँदाखेरी संस्थापक निर्देशकका रूपमा गण्डकी प्रदेश कार्यालयको प्रमुख भएर उनले काम गरेका थिए । पर्यटन क्षेत्रमा २६ वर्षदेखि संलग्न लामिछाने १६ वर्षअघि नेपाल पर्यटन बोर्डमा प्रवन्धकमा सेवा प्रवेश गरेका थिए । पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पोखरालाई साँच्चिकै पर्यटनको राजधानी बनाउन तथा पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा योगदान दिने उनले… पुरा पढौ

पिकनिकबाट फर्किंदै गरेको स्कुल बस दुर्घटना हुदाँ तीन विद्यार्थीको मृत्यु

दुर्घटना
पोखरा, ३० माघ/ काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।शंकरापुर नगरपालिका–५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना भएको हो । चाबहिलमा रहेको एसएस एकेडेमीको स्कूल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । प्रहरीका अनुसार ४० जना घाइते भएका छन् । पुरा पढौ

पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने
पोखरा, २९ माघ/ पोखराको सराङकोट धाममा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ । फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताए । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरिएको र सोही दिन उद्घाटन गरिने… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा प्रतिवद्धता जनाउँदै मिथिलामा १२ औं संरक्षण उत्सव, पोखराका हेमन्त पुरस्कृत

लाटोकोसेरो संरक्षणमा प्रतिवद्धता जनाउँदै मिथिलामा १२ औं संरक्षण उत्सव, पोखराका हेमन्त सम्मानीत
पोखरा, २८ माघ/ लाटोकोसेरो तथा हुचील संरक्षणमा प्रतिवद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औं संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव सम्पन्न भएको छ । लाटोकासेरो तथा हुचील संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्युन्तु अनुसन्धानमा तीन दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरु नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो । महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, प्रदेश सांसदहरु लगायत जनप्रतिथिधिले लाटोकोसेरो तथा हचील संरक्षमा प्रतिवद्धता जनाएका थिए… पुरा पढौ