समाचार

विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर

विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर
पोखरा, २० माघ / प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सामुदायिक सेवा केन्द्रलाई नेपाल प्रहरीले उच्च प्राथामिकतामा राखेको बताएका छन् । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशन समारोहको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सामुदायिकले गरेका गतिविधिका कारण नै नेपाल प्रहरीले सामुदायिक केन्द्रलाई उच्च प्राथामिकतामा राखेको बताएका हुन् । ‘समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनिकरण गर्न विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रले गरेका काम उत्कृष्ट रहेका छन्’ प्रहरी… पुरा पढौ

घर बहाल कर घरधनीबाटै लिन सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीको माग

घर बहाल कर घरधनीबाटै लिन सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीको माग
पोखरा, १९ माघ/ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुले घर बहाल कर घरधनीबाटै लिन आग्रह गरेका छन् । सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको शनिबार आयोजित १३ औं साधारण सभाको उद्घाटन शत्रमा बोल्ने व्यवसायीहरुले घर बहाल कर घरधनीले घर बहालमा लगाएबापत तिर्नुपर्ने कर भएकाले त्यो कर व्यवसायीलाई नतिराउन आग्रह गरेका हुन् । उनीहरुको एउटै आवाज थियो,‘घर बहाल कर हामीलाई तिराईंदै आएको छ । तर घर बहाल कर तिर्ने जिम्मेवारी घर धनीको हो । त्यसैले त्यो कर घरधनीलाई… पुरा पढौ

विश्व सिमसार दिवस २०२५ः फेवाताल किनारमा सिमसार संरक्षण फोटो प्रदर्शनी हुँदै

विश्व सिमसार दिवस २०२५ः फेवाताल किनारमा सिमसार संरक्षण फोटो प्रदर्शनी हुँदै
पोखरा, १९ माघ /विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ । पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष भन्दा पहिले देखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुनलागेको हो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा हुने फोटो प्रदर्शनीमा फेवाताल कसरी मुहानबाट पुरिदै छ भन्ने देखिने २० वर्ष अघि र अहिलेको तस्बिर पनि समावेश… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बैदाममा ठाकुर प्रसाद बराल

सामुदायिक सेवा केन्द्र बैदाममा ठाकुर प्रसाद बराल
पोखरा, १७ माघ/ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको बुधबार सम्पन्न २१ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट ठाकुर प्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । पोखरा ६ बैदाममा बुधबार भएको १२ औं अधिवेशनबाट वरिष्ट उपाध्यक्षमा सोभियत परियार, उपाध्यक्षमा अनील थापा, सचिवमा शान्ता सुवेदी, सहसचिवमा भिषमाया नेपाली र कोषाध्यक्षमा निर्मला थापा चयन भएका छन् । यसैगरी सदस्यहरुमा ऋषिमाया पहारी, गोमा पगेनी, विष्णु प्रसाद पहारी, पदमबहादुर ढकाल, जुना अधिकारी, शिलु पौडेल र रविन अधिकारी सर्वसम्मत… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

प्रेस चौतारी पत्रकारिता पुरस्कारु ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान
पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा… पुरा पढौ

फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन

फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन
पोखरा, १६ माघपोखरा ११ स्थित फुलबारी क्लबले शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना ग¥यो । कार्यव्रmम नेपाल रेडव्रmस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरि समुदघाटन गरे । रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । कार्यव्रmममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल पोखरा ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य लगायतले रक्तदानले मानिसलाई स्वच्छ बनाउनेमा जोडदिएका थिए । पूmलबारी पार्कमा क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यव्रmम सचिव… पुरा पढौ

साईमन पार्टी प्यालेस पोखराबाट १५ लाख चोरी गर्ने २ जना पक्राउ

साईमन पार्टी प्यालेस पोखराबाट १५ लाख चोरी गर्ने २ जना पक्राउ
पोखरा, १४ मााघ/ पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसबाट करिब १५ लाख रुपैया चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । माघ ११ गते साईमन पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको ऱ्याकमा राखेको नगद १४ लाख ७४ हजार चोरी भएको थियो । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रुपन्देही देवदह नगरपालीका वडा नम्बर १० घर भएका बर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका… पुरा पढौ

पुम्दीकोट जाने बाटो एकतर्फी बनाइने

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा, १० माघ/ पर्यटकको चाप बढेपछि व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने तयारी गरेको छ । माघ १५ गतेदेखि लागु हुने गरि पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा एकतर्फी बनाउने निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीमा प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन् । दुर्घटना न्युनिकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको उनले बताइन् । बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न, पर्यटक सहज हुने उनको भनाई छ । पुम्दीकोट जाने बेलामा छोरेपाटन देखि शान्ति… पुरा पढौ

सशस्त्र प्रहरी दिवसः कालिकागण उत्कृष्ट, एसपी शर्मालाई मेडल, गण्डकी प्रदेशबाट पाँच व्यक्तित्व सम्मानित

एसपी अरुणकुमार शर्मा
पोखरा, ९ माघ/ पोखरा मालेपाटन स्थित सशस्त्र प्रहरीको कालिका गण काठमाडौ उपत्यका बाहिरका गणहरु मध्ये कार्यसम्पादनमा यो बर्षकै उत्कृष्ट गण हुन सफल भएको छ । नेपालभरमा पाँचौं भएको छ । २४ औं सशस्त्र प्रहरी दिवसका अवसरमा घोषण गर्दै सम्मान प्रदान गरेको छ । सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले प्रतिष्ठित एपिएफ आईजी कमेण्डेसन मेडल जित्न सफल भएका छन् । त्यसै गरी सशस्त्र प्रहरी बलले बुधबार २४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा सशस्त्र प्रहरी बल… पुरा पढौ

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै
पोखरा, ८ माघ/ पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । महोत्सव फाल्गुन ९ गतेदेखी १५ गतेसम्म चल्नेछ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । पर्यटकीय राजधानी… पुरा पढौ