समाचार

मोटरसाइकल दुर्घटनामा पोखरा–२३ का भरतराज भण्डारी घाइते, मणिपालमा उपचार हुँदै

भरतराज भण्डारी
पोखरा, १४ पुस /मोटरसाइकल दुर्घटना हुदाँ पोखरा २३ ठुलाखेतका भरतराज भण्डारी घाइते भएका छन् । पोखरा महानगरपालिका –२३ घाटीछिनाबाट वडा नम्बर २४ मा पर्ने पामे बजार नजिक आफ्नो रेस्टुरेन्टमा फर्किने क्रममा उनि ठुलाखेत भन्दा केहि तल लौरुक खोला नजिकै दुर्घटनामा परेका थिए । भण्डारी पोखरा –२३ का वडा सदस्य हुन् । घाइते भण्डारीको अनुहारमा गम्भीर चोट लागेको छ । पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उनको उपचार भैरहेको छ । उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका २३ वडा सभापति हुन्… पुरा पढौ

दाताको सहयोगमा माछापुच्छेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

दाताको सहयोगमा माछापुच्छेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’
पोखरा, १४ पुस / कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’्र निर्माण गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो… पुरा पढौ

पोखरामा सडक महोत्सव सुरु (फोटो फिचर)

पोखरामा सडक महोत्सव सुर
पोखरा, १३ पुस/ सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा शनिबार देखि २६ औ पोखरा सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २६ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ । लेकसाइडको खहरेचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको सन्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब साढे ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ… पुरा पढौ

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा

‘सडक कै खाउ सडक मै रमाउ’ पोखरा सडक महोत्सव
पोखरा, १२ पुष/ रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न… पुरा पढौ

फेवातालमा कार खस्दा तीन घाइते

फेवातालमा कार खस्दा तीन घाइते
पोखरा, १२ पुस/ पामेबाट लेकसाइतर्फ आउँदै गरेको ग२च ३३९६ नम्बरको कार बिहीबार बिहान साढे २ बजेको समयमा फेवातालमा खसेको छ । पोखरा–६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । यो ठाउँमा बेला बेलामा गाडी खस्ने गरेका छन् । घुम्तीमा गाडीको स्पिड बढि हुदाँ खस्ने गरेको स्थानीयको भनाई छ । पुरा पढौ

सोमबार छविको बयान सकिएन, छविको पछि बल्ल अरुको पालो

जिल्ला अदालत कास्की
पोखरा, ८ पुष/ सहकारी ठगि प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने सहित ५ जनाको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पहिलो दिन पूर्व डीआइजी छविलाल जोशीको बयान भएको छ । सोमबार छविलालको बयान भएको र बयान पूरा नभएकाले मंगलबार पनि उनकै बयान हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । छविलालको बयान सकिएपछि मात्रै अन्यको बयान सुरु हुनेछ । पूर्वगृहमन्त्री लामिछाने सहित पाँचै जनालाई जिल्ला अदालत कास्की लगिएको थियो… पुरा पढौ

रविको थुनामा रहेको फोटो खिच्ने निकोलस पक्राउ

डा. निकोलस भुसाल
पोखरा, ८ पुष/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले लामिछानेको सुतिरहेको तस्विर कास्की प्रहरी कार्यालयको सीसीटीभी कन्ट्रोल डिस्प्लेबाट खिचेर सार्वजनिक गरेका थिए । उनी आफैले तस्विर खिचेको स्वीकारेका हुन् । लामिछानेलाई हिरासतमा भेटेर जादाँ आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको उनको दावी थियो । घटनाबारे छानविन गर्न समिति नै गठन भएको छ । पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना

नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना
पोखरा, ७ पुष/ नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने बताउनुभयो । उहाँले राजनितिक अस्तिरताले नितिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रो संग काम गर्न नसक्ने बताउनुभयो । आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवाला संग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने बताउदै यस्लाई प्रभावकारी बनाउन सबैको सुझाब… पुरा पढौ

रविलाई सम्पत्ति शुद्धीकरण सहित ३ मुद्दा, निकिता पनि प्रतिबादी

रवि लामिछाने
पोखरा, ७ पुस/ पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा विभिन्न ३ मुद्दा दायर भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दामा सजाय र बिगो माग दाबी गर्दै अभियोगपत्र दायर भएको छ । लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबी गरिएको छ । त्यस्तै, गोर्खा मिडियामा उनका साझेदार छविलाल जोशीलाई सम्पत्ति शुद्धीकरण मात्र ७४ करोड ३४ लाख ७१ हजार… पुरा पढौ

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग
पोखरा, ७ पुस/ पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभयो । उहाँले पार्क निर्माण कार्यको शिलन्यास पनि गर्नुभयो । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको… पुरा पढौ