
पोखरामा कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप, केही घाइते
पोखरा, २३ फागुन/ पोखरामा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबार महानगरले अनुमति नलिइ भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो ।
पोखरा महानगरको अनुमति नलिइ सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गर्ने बताएका छन् ।
शुक्रबार भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएपछि कोटीहोम आयोजक पक्षले रड प्रहार गरेका थिए । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने बताउदै आएको छ । पोखरामा महानगरपालिकाले छलफल गरेर अन्य ठाउँमा कोटी होमका लागि दिन सकिने बताएको छ ।
पोखरा महानगर पालिकाबाट ५० जना नगर प्रहरी खटाएका थिए । कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप दुबै तर्फ केही घाइते भएका छन् । नगर प्रहरीहरु बढि घायते भएका छन् । उनीहरुको अधिकाशंको घाउकोमा चोट लागेको छ ।
मानव सेवा फाउन्डेसनले नेपाल ट्रस्टको पोखरा ६ लेकसाइडमा रहेको जग्गा भाडामा लिएर कोटी होम गर्न लागेको हो ।
महानगरका अनुसार आयोजकले बिना अनुमति कार्यक्रम गर्न खोजेकाले हस्तक्षेप गरिएको बताएको छ । झडपमा नेपाल प्रहरीले रमिते बनेर बस्यो । कोटिहोम गर्ने र नगरप्रहरी भिडिरहे प्रहरी हेरीरयो । यस अगाडी कोटी होमका लागि पोखरा चौताराको बर पिल ठुटो बनाएर काटिएका दाउरा र मुडा पोखरा महानगरले जफत गरेको थियो ।





