
पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गर्दै तस्बिरः युनिस गुरुङ
पोखरा, २२ फागुन/ पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका वडा नम्बर १० वीरेन्द्रचोकस्थित स्वगिय राजा वीरेन्द्र शाहको शालिक अनावरण गरेका छन् । २०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक पूर्व राजाले ज्ञानेन्द्रले अनावरण गरेका हुन् ।
शालिक अनावरणका लागि पूर्वराजा वीरेन्द्र चोक जाने क्रममा राजावादी, समर्थक र सुबेच्छुकहरुले राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए । करिब ५ सय मिटर शाहले पैदलयात्रा गरेर शालिक अनावरण गरे । उनलाई राजवादीहरुले बाजाँ गाजाँ सहित स्वागत गरेका थिए ।
सडकमा लामबद्ध समर्थकहरुले हिन्दु राज्य र राजतन्त्र आवश्यक रहेको बताए । पूर्वराजाले पैदलयात्रा गर्दा स्थानीयसँग फूलगुच्छा लिनुका साथै कुराकानी समेत गरेका थिए । पुर्ननिर्माण गरिएको शालिक आठ फिट अग्लो ढलोटको छ । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च लागेको निमार्ण समितिका सचिब अरुण गिरीले जानकारी दिए ।
यसअघि निर्मित शालिक माओवादी कार्यकर्ताले तोडफोड गरेका थिए । वीरेन्द्रको शालिक बनेदेखि नै सो चोकको नाम वीरेन्द्रचोक राखिएको हो । माघ २७ गतेदेखि पोखरामा रहेका पुर्व राजा शाह बुधबार बागलुङ पुगेका थिए ।
यस अगाडी फागुन १९ गते सोमबार विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका थिए । शिवरात्रीका दिन पोखराको केदारेश्वर महादेवमणि मन्दिर दर्शन गरेका थिए । त्यस अगाडी स्याङजा समेत दर्शनका लागि पुगेका थिए । पूर्वराजा शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।





