कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै पोखरा महानगरको भ्याकेट

-


     क्लिक गण्डकी     
     फागुन १२ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, १२ फागुन/ पोखराको फेवाताल किनारमा हुने भनिएको कोटीहोम विवाद अदालत फेरी अर्को मुद्दा दायर भएको छ । फागुन १ गते उच्च अदालत पोखराले कोटीहोम नरोक्न अन्तरिम आदेश दिएपछि पोखरा महानगरपालिकाले भ्याकेट निवेदन दर्ता गराएको छ ।

अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरले भ्याकेट दर्ता गरेको हो । महानगरले कोटीहोम रोक्न खोजेको भन्दै आयोजक मानव सेवा फाउन्डेसनले अन्तरिम आदेश माग गर्दै उच्चमा रिट दिएको थियो ।

मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले कोटीहोम नरोक्न अन्तरिम आदेश दिएको थियो । आदेशको जानकारी महानगरमा आइतबार पुगेसँगै सोमबार रद्द गर्न निवेदन दिइएको हो ।

उक्त आदेश बेरितको भन्दै पोखरा महानगरपालिकाले आदेश रद्द गर्न निवेदन दिएको महानगरले जनाएको छ । वैशाख १७ देखी जेठ २६ सम्म फाउन्डेसनले कोटीहोम गर्न लागेको छ । महानगरपालिकाले कोटीहोमका लागि जम्मा पारिएको समिधा लगायत सामान समेत जफत गरेको छ ।