वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा

-


     क्लिक गण्डकी     
     चैत्र १९ गते २०८१ मा प्रकाशित


वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा

पोखरा, २० चैत/ वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिट्ठी बजाउने सिकारीहरूमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो ।

युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो । यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जित्नु पर्ने छ ।

परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ । यसकालागि अनलाइन भोटिङ सोमबार देखि १४ दिनकालागि खुला गरिएको छ ।

परियोजना उत्कृष्ट एकमा परे त्यसबाट प्राप्त ४४ लाख रुपैयाँबाट कास्कीको मादी गाउँपालिकामा वन कुकुरको अनुसन्धान र संरक्षणका काम गरिने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।

सन् २०१७ र २०२१ मा मादी २ ताङतिङमा प्रकृतिका साथीहरू नामक संस्थाले वन कुकुर अनुसन्धानकालागि राखेको क्यामेरा ट्यापिङमा त्यस क्षेत्रमा हराएका वन कुकुर पुन देखिएका थिए ।

वन कुकुर किन संरक्षण गर्ने ?

दुर्लभ वन कुकुर संकटमा रहेको विज्ञ बताउँछन् । यो लोपोन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको संख्या ९४९ देखि २२१५ को बिचमा रहेको अनुमान गरिएको छ ।

नेपामा भने ५ सय भन्दा कम मात्र रहेको आचार्य बताउँछन् । वन कुकुरको संख्या तीव्र गतिमा घट्दै गइरहेको कारण संरक्षण गर्नु पर्ने अवस्था रहेको विज्ञ बताउँछन् ।

सन् १९७० सम्म नेपालका धेरै भूभागमा पाइने भए पनि पछिल्लो समयमा केही सीमित स्थानमा मात्र अभिलेख गरिएको पनि उनले बताए । यसको संख्यामा आएको गिरावटको मुख्य कारण आहारा प्रजातिको कमी, मानिससँगको द्वन्द्व, कृषि क्षेत्र विस्तार, प्रतिशोध स्वरूप मारिनु लगायत रहेको बताइएको छ ।

भोट गरेर परियोजना उत्कृष्ट एकमा पर्न सक्यो भने यसले आर्थिक स्रोत जुटाउने मात्र नभएर पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताइएको छ । वन कुकुर (ढोले) प्रजातिको नामले चिनिने यो वन्यजन्तु कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो ।
पछिल्ला केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखापरेको बताइएको छ ।

मादी गाउँपालिकाको क्षेत्रमा भेटिएका सो प्रजाति पुनः हराउन सक्ने अवस्था प्रति संरक्षणकर्मी चिन्तित छन् । विगतमा स्थानीय समुदायसँगको द्वन्द्वको कारण वन कुकुर प्रजातिलाई ठूलो क्षति पुगेको यस क्षेत्रमा लामो समय देखि अध्ययन तथा संरक्षणमा संलग्न प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्य बताउँछन् ।

यसैले मादी गाउँपालिका विशेष गरी ताङतिङ गाउँमा यो प्रजातिलाई पर्यटन र आयआर्जनसँग जोड्ने योजना सहित परियोजना अघि बढाउने लक्ष्य रहेको बताइएको छ । वन कुकुरलाई स्थानीय समुदायले प्याउँ भनेर चिन्दछन् ।

यस प्रजातिको संंरक्षणका लागि जनचेतना, पानीको स्रोतकालागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायतका संरक्षण कार्यक्रम सञ्चालन गरिनु पर्ने पनि उनले बताए ।

नेपाली वन कुकुर संरक्षण परियोजना उत्कृष्ट १ मा पर्न अब भने भोटको आवश्यक पर्ने परियोजनाका परिकल्पनाकार मध्येका एक सुमन सापकोटा बताउँछन् ।

वन कुकुर संरक्षणको साथै कास्कीको मादी गाउँपालिकाको पर्यटन विकासकालागि पनि परियोजना महत्त्वपूर्ण रहने भएकोले भोटिङ गरेर नेपाली परियोजना उत्कृष्टमा पार्न सहयोग मिल्ने उनले विश्वास गरे ।

भोटिङकालागि https://www.eocaconservation.org/vote df uP/ ef]6 गर्न सकिने पनि उनले बताए ।

कसरी भोट गर्ने  

  • https://www.eocaconservation.org/vote मा जानुहोस् , तपाइको नाम र इमेल हाल्नुहोस्।
  • तपाईंको इमेलमा पठाइएको ४ – अंकको कोड राखेर भोट दिने ठाउँमा पुग्नुहोस l
  • श्रेणी १  (वन/FOREST) मा कुनै पनि परियोजनामा भोट दिनुहोस् ताकि श्रेणी २  (जंगली स्थानहरू Wildplaces खुलोस l
  • श्रेणी 2 मा रहेको हाम्रो परियोजना “Promoting Tourism through Whistling Hunters, Nepal ” भोट दिनुहोस्!
  • हामीले नचिनेको भए पनि श्रेणी ३ मा पनि भोट गर्नुस् l
  • प्रत्येक इमेलबाट  प्रत्येक श्रेणीमा हरेक व्यक्तिले एक पटक मात्र भोट दिन सक्छ।